६ जेष्ठ २०८१, आईतवार
भैंसी चराउन गएका बृद्धलाई बाघले लग्याे
  • काँचुली खबर

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।
आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको हो ।
बाघले लगेका पुरुषको हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।
बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ । राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार १८:३७ प्रकाशित
  • Nabintech