६ जेष्ठ २०८१, आईतवार
आधा क्षेत्रफलमा खुम्चियो ‘नौवस्ता औद्योगिक क्षेत्र’
  • काँचुली खबर

बाँकेको नौवस्तामा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । निर्माणकार्य प्रारम्भ नहुँदै औद्योगिक क्षेत्रको क्षेत्रफल आधा भन्दा बढि घटेको हो ।

१ चैत्र २०७२ मा सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको क्षेत्रफल ५ सय २५ बिगाहा थियो । २७ जेठ २०७३ मा औद्योगिक क्षेत्रको नाममा जग्गा धनी प्रमाण पूर्जा (लालपूर्जा) मा ३ सय ३८ बिगाहा कायम गरियो । यो जग्गामा पनि सशस्त्र प्रहरी बलका लागि २० बिगाहा, क्षेत्रीय कारागारका लागि १० बिगाहा र ३० बिगाहा क्षेत्रफलमा बस्ती व्यवस्थापन गर्दा औद्योगिक क्षेत्र बन्ने क्षेत्रफल भने २ सय ७८ बिगाहामा खुम्चिएको छ ।

नौवस्ता औद्योगिक क्षेत्र परियोजना प्रमुख कृष्णबहादुर पुन भन्छन्, ‘औद्योगिक क्षेत्र घोषणा गरिएको ठाउँमा सरकारी जग्गा झन्डै १ हजार २ सय बिगाहा भन्दा पनि बढी जग्गा छ । २ सय ७८ बिगाहा क्षेत्रफलमा निर्माण गर्न खोज्दा पनि स्थानीयको अवरोध कायमै छ ।’

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेका भूमिहीनको समस्यासमेत समाधान भइसकेको छैन । स्थानीयलाई कति क्षेत्रफलका दरले उपलब्ध गराउने भन्ने टुंगो नलागेकाले औद्योगिक क्षेत्रको वास्तविक क्षेत्रफल कति हुने हो भन्ने कुनै टुंगो छैन ।

  • १७ फाल्गुन २०७७, सोमबार १७:५३ प्रकाशित
  • Nabintech