६ जेष्ठ २०८१, आईतवार
बाणिज्य संघमा दुई समुहद्धारा मनोनयन दर्ता
  • काँचुली खबर

कोहलपुर कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी दर्ता गरेका छन् ।

निर्वाचनका लागि दुई प्यालनले उम्मेद्वारी दर्ता गराएका हुन । सदस्य पदमा एक जनाको अलगै उम्मेदवारी परेको छ । साझा समावेशी व्यवसायिक प्यालन र लोकतान्त्री समावेशी व्यवसायी समूहले आफ्नो उम्मेद्वार दर्ता गराएका छन् । बामपन्थि राजनैतिक दलको समर्थक साझा समावेशी व्यवसायिक प्यालनबाट अध्यक्ष पदका लागि विष्णु प्रसाद खनाल र काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट लक्ष्मणराज पौडेललाई नेतृत्वको टिमले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

साझा समावेशी व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्ष पदका लागी तेज प्रसाद अधिकारी, उद्योग तर्फको उपाध्यक्षका लागि कमल खड्का, वाणिज्य उपाध्यक्ष तर्फको पदका लागि बलराम देवकोटा, महासचिव पदका लागि नविन खड्का, उपमहासचिव पदका लागि परसुराम लामिछाने, कोषाध्यक्ष पदका लागि खेम प्रसाद घिमिरे, सहकोषाध्यक्ष पदका लागि भुपेन्द्र प्रसाद काफ्ले, सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक लामिछानेले उम्मेद्वारी दर्ता गराएका छन ।

उम्मेदवरी दर्ता पछि कुरा गदै अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले आफ्नो जित सुनिश्चित भएको बताए । उनले संघ स्थापना काल देखि हाल सम्म अनवरत व्यवसायीको सेवा गर्दै आएकोले आफुले सबै व्यवसायीको माया पाउने बिस्वास व्यक्त गरे ।

साथै लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लागि लक्ष्मणराज पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप-महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी, दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन भने, महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी दर्ता गराएका छन् ।संघको फागुन २२गते हुने निर्वाचनका लागि दुवै समूहले आफ्नो निर्वाचन अभियानलाई तिव्रता दिईरहेका छन् ।

कोहलपुरका युवा व्यवसायी अर्जुनजंग शाहले सदस्य पदमा अलगै मनोनयन दर्ता गरेको बताए ।

  • १६ फाल्गुन २०७७, आईतवार १९:११ प्रकाशित
  • Nabintech