६ जेष्ठ २०८१, आईतवार
लागत संकलन गर्न माग गर्दै नगरपालिकामा धर्ना
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरका स्थानियहरुले नगरपालिकामा धर्ना दिएका छन् । शान्तिनगर टोल र डुडुवाबस्तीमा बसोबास गर्दै आईरहेका व्यक्तिहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले सोमबार कोहलपुर नगरपालिकाको गेटमा एक घण्टा धर्ना दिएको हो ।

अव्यवस्थित भूमिहिन दलित तथा सुकुम्बासीको लागत तत्काल लिनुपर्ने, बसाईसराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरि दिनुपर्ने, विवाह, जन्मदर्ता गर्नुपर्ने र कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्ने लगायतका माग सहित उनीहरुले केहिदिन देखि विरोध प्रर्दशन गरिरहेका छन् । विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत सोमबार उनीहरुले कोहलपुर नगरपालिकामा एकघण्टा धर्ना दिएका छन् ।

कोहलपुर नगरपालिकाका कारण स्थानिय स्तरमा बनेको भुमि समस्या समाधान आयोगले बिभेदकारी निती लिएको र बास्तवीक भुमिहनको लागत संकनल समेत नगरिदिएको उनिहरुको आरोप छ । आईतवार उनिहरुले कोहलपुर चौराह देखि कोहलपुर नगरपालिका सम्म बिरोध र्याली निकालेका थिए । आफ्ना मागहरु पुरा नभए आन्दोलन जारी राख्ने बताउँदै उनिहरुले सोमबार नगरपालिकाको गेटमा धर्ना दिएका हुन ।

यता कोहलपुर नगरपालिकाका सो जग्गा कोहलपुर नगर विकास समितिको नाममा रहेकाले तत्काल सो क्षेत्रमा लगत संलन गर्न नसक्ने बताएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार १७:५७ प्रकाशित
  • Nabintech