६ जेष्ठ २०८१, आईतवार
ट्याक्टरमा मोटरसाईकल ठोक्कीदा एकको मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा शुक्रबार बेलुका भयानक दुर्घटना भएको छ । बनकटुवा नजिकै सडकमा रोकीराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भे९प ८८५८ नम्बरको मोटरसाईकलमा सवार ब्यक्तिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बनकटुवा न्यू सिटी नजिकै मुख्य सडकमा रोकीराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्कीएको थियो ।

दुर्घटना लगत्तै घाईतेलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । उपचारकै क्रममा ज्यान गुमाएका ब्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

  • ७ फाल्गुन २०७७, शुक्रबार २२:१० प्रकाशित
  • Nabintech