६ जेष्ठ २०८१, आईतवार
ट्रिपरको ठक्करबाट नेपाली सेनाको मृत्यु
  • काँचुली खबर

शुक्रबार बेलुका ट्रिपरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । साँझ ६ः५० बजे बर्दिया ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा भुरिगाँउबाट ढोढरी जाँदै गरेको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कोहलपुर नगरपालिका ८ का नवराज बुढाथोकीको मृत्यु भएको हो ।

भे १ क १४ ८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक बुढाथोकीलाई लिंकरोडको बिच्चैमा ठक्कर दिएको थियो । बुढाथोकीको उपचारकालागि नजिकको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मृतक नेपाली सेनामा कार्यरत रहेको खुल्न आएको छ ।

मोटरसाईकललाई ठक्कर दिए लगत्तै चालक ट्रिपर छाडेर फरार भएका थिए । ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिएर चालकको खोजि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार २१:४३ प्रकाशित
  • Nabintech