१६ चैत्र २०८०, शुक्रबार
आमाको बिलौना, ‘छोरीलाई कसैले बेचिदियो की ?’
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सिता ओली गत माघ १२ गते देखि हराईरहेकी छन । स्कुल जान्छु भनी घरबाट हिडेकी सीता आज (फागुन ७ गते) सम्म पनि परिवारको सम्पर्कमा नआएको सीताकी आमा धनमाया ओलीले जनाएकी छन ।

‘स्कूल जान्छु भन्दै हिडेकी छोरी अहिलेसम्म आएकी छैन । पोइला गएकी हो की, कसैले बेचिदिएकी । जे भएपनि देख्न पाए मन त शान्त हुन्थ्यो’ छोरी खोजीदिन बिलौना गर्दै धनमायाले भनिन ।

धनमायाका अनुसार सिता १२ गते विहान ९ बजे सधै झैँ विद्यालय जान्छु भनेर गएकी थिइन् । दिनको २ बजे सितासँगै स्कुल गएका उनका साथीहरु घर फर्किए । तर सिता नफर्किएपछि आमाले उनको बारेमा सोधखोज गरीन । त्यसक्रममा मात्र सिता विहानै देखि स्कूल नगएको पत्ता लागेको धनमायाले बताईन ।

स्कुल जान्छु भनेर हिडेकी छोरी स्कुल नपुग्दै गायव भएपछि धनमायाको परिवार अहिले चिन्तीत बनेको छ । आफ्नो चिनजान, छरछिमेक जताततै खोजतलास गर्दा समेत सिताको बारेमा कुनै खबर नपाएपछि आफ्नो छोरी खोजीगरीदिन प्रहरी कहाँ निवेदन दिएको धनमायाले बताईन ।

हराएकै दिन सिताले आमाबाट स्कूलको फिस तिर्ने भन्दै २ हजार मागेर लिएकी थिइन् । सिता गणेश माविमा कक्षा ११ मा अध्ययनरत सिता अर्को दिनसम्म पनि घरमा नआएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरीको खोजीको लागि निवेदन दिएको धनमायाले बताईन । आमा धनमायाका अनुसार सिताले दुईवटा सिम चलाउँथिन् । हराएको दिनबाट दुबै फोन नउठाने सिताले माघ २७ गते दिउँसो भने रुदैँ फोन गरेको उनले जानकारी दिइन् । उनले आफू पोखराको एक होटलमा भाँडा माझिरहेको बताए पनि पुरा कुरा हुन नपाएको धनमायाले बताईन । २७ गतेबाट सिताले प्रयोग गर्दै आइरहेका दुबै नम्बरहरु स्वीचअफ छन । उनले चलाउँदै आएको फेसबुक समेत डिएक्टिभेट छ ।

यता इलाका प्रहरी कार्यालय कोहलपुरले परिवारको तर्फबाट सिताको खोजीकालागि निवेदन पेस भएको पुष्टि गरेको छ । सोही अनुसार प्रहरीले उनको खोजीको लागि प्राविधिक पक्षबाट अनुसन्धान गरीरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

हराएको एक हप्तापछि भेटिईन अधिकारी

‘प्रहरीले अनुसन्धान गरिरहेको छ । सितालाई लिएको केटा स्याङ्जाको हो भन्ने देखिएको छ । उनको अवस्थाका विषयमा स्याङ्जा प्रहरीसँग सहकार्य भइरहेको छ ।’ खनालले बताए ।

बाँकेमा केही समय यता बालिका हराउने क्रम बढिरहेको छ । केहीदिन पहिले हराएकी कोहलपुर नगरपालिका १२ चप्परगौडीकी रेणुका अधिकारी एकहप्तापछि भेटिएकी थिईन । त्यसअघि एक महिनादेखी हराईरहेकी अर्की बाहिका भने अझैं परिवारको सम्पर्कमा आएकी छैनन । कोहलपुर २ विकासनगरकी १४ वर्षीया उषा विसी घरबाट हराएको एक महिना भयो । उनी माघ ५ गते स्कूल जान्छु भनेर गएपछि बेपत्ता भएकी थिइन् । उनको पनि अहिलेसम्म अवस्था अज्ञात छ ।

उनको परिवारले छोरी हराएको भन्दै ७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा खोजी गरिदिनको लागि निवेदन दर्ता गरेको थियो ।

  • ७ फाल्गुन २०७७, शुक्रबार १२:२९ प्रकाशित
  • Nabintech