६ जेष्ठ २०८१, आईतवार
‘बिवाह भन्दा सेक्सको प्रस्ताव बढी आउँछ’ !
  • काँचुली खबर

पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव’ मा नृत्य गरेर कला यात्रा थालेकी हुन् ।

सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नै पर्ने भो‘ बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६० भन्दा बढी भिडियो गरिसकेकी छन् । टिका तारामी मगर र चन्द्र शर्माको ‘बाच्छीले धान खायो,’ अनिता चलाउनेको ‘एन्ट्री मार्यो मायाले’, जय देवकोटाको ‘रुँदो हो मन’, हरि विष्टको ‘माइतीको देश’, भागीरथ चलाउनेको ‘जाउँला बरी लै’, जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । उनै मोडलले आफुलाई अच्चम्मको प्रस्ताव आउने गरेको खुलासा गरेकी छन । हेरौं उनको संक्षिप्त कुराकानी ।:

स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र ?

आएको छ । तर, राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा ‘डेब्यु’ तयारी गर्नेछु ।

त्यसो भए फिल्ममा तत्काल नआउने ?

अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु । त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ ।

स्टेज कार्यक्रम किन बढी ?

स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु ।

कति आउछ एउटा कार्यक्रममा ?

मेला महोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०/३५ हजार पाइन्छ । १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ ।

मोडलिङ यात्रा कस्तो चल्दै छ ?

ठिकै छ । मासिक तीन-चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै पर्यो ।

शोषण हुन्छ भन्ने गुनासो छ त ?

कस्तो शोषण भन्ने रु आर्थिक शोषण हुन्छ । त्यसो त, हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन ।

आश्वासन त दिन्छन् नि ?

त्यो त कुरै नगारौं, मसँग सम्बन्धमा बस । तिमीलाई म राता-रात हिट बनाउँछु, फिल्ममा स्टार बनाउँछु भन्छन् । तर, उनीहरूले विवाह गर्छु भन्दैनन् । यौनसन्धका लागि मात्र प्रस्ताव गर्छन् ।

त्यस्तो बेला के जवाफ हुन्छ ?

मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन । आफैं टाढा बस्छु ।

कसैको प्रेममा परिएको छ ?

थियो । तीन वर्ष प्रेममा रहें । विचार नमिलेर टुट्यो । अहिले एकल छु ।

प्रेम त टुट्यो, अब के हुन्छ त ?

अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।

  • ३ फाल्गुन २०७७, सोमबार १८:३९ प्रकाशित
  • Nabintech