६ जेष्ठ २०८१, आईतवार
फागुन ८ गते प्रेस संगठन बाँकेको जिल्ला भेला
  • काँचुली खबर

यहि फागुन ८ गते प्रेस संगठन बाँकेको जिल्ला भेला हुने भएको छ । सोमबार नेपालगन्जमा सम्पन्न प्रेस संगठन नेपाल जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालको नेतृत्वमा जिल्ला भेला आयोजना तयारी समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा राजेश आचार्य, संगिन शर्मा, क्षेत्रनाथ देवकोटा, जयपती ढकाल, कृष्ण ओली र दिनेश ठाकुर रहेका छन ।

संगठनलाई थप मर्यादित, सुदृढ र शसक्त बनाउँदै आगामी रणनिति तय गर्ने उद्धेश्यले जिल्ला भेला आयोजना गर्ने निर्णय भएको संयोजक धितालले जानकारी दिए । ८ गते नेपालगन्जस्थित स्वस्तीक कटेजमा आयोजना गरीने भेलामा उपस्थीतीकालागि संगठनमा आवद्ध सबैलाई आह्वान गरीएको धितालले बताए ।

संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले पत्रकार दिनेश ठाकुर, जावेद अहमद शाह र जयपती ढकाललाई कार्य समिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
बैठकले साविक प्रेस चौतारी र प्रेस संगठन नेपालको एकतापछि गठन भएको प्रेस संगठन बाँके डक्ट धितालको नेतृत्वको कमिटी भएको भन्दै कुनैपनि खालको भ्रममा नपर्न सदस्यहरुमा आग्रह समेत गरेको छ । बैठकमा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा, प्रदिप वाग्ले, केन्द्रीय आयोगका सदस्य सिराज खान, सुशील शर्मा, अग्रज पत्रकार भिम रावत, संगठनका प्रदेश सदस्य राजेश आचार्य लगायतले मन्तव्य राखेका थिए ।

यसैबिच बैठकले पुष ५ गते केपी ओली नेतृत्वको सरकारले गरेको संसद विगठनप्रति खेद ब्यक्त गर्दै साँगठनीक रुपमा त्यसको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

  • ३ फाल्गुन २०७७, सोमबार १७:३७ प्रकाशित
  • Nabintech