६ जेष्ठ २०८१, आईतवार
बलात्कारका घटना बिरुद्ध दिप प्रज्वलन
  • काँचुली खबर

बढ्दो बलात्कारका घटनाका बिरोधमा बाँकेको कोहलपुर दिप प्रज्वलन गरीएको छ । युथ अफ कोहलपुरको आयोजनामा शनिबार बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन गरीएको हो ।

पिडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै स्थानिय युवाहरुले दिप प्रज्वलन गरेका हुन । पछिल्लो समय बढ्दै गएको बलात्कारका घटनाका बिरुद्धमा संयुक्त आवाज उठाउने उद्धेश्यले दिप प्रज्वलन गरीएको कार्यक्रमकी अभियन्ता कृतिका आचार्यले जानकारी दिईन ।

भागिरथी भट्टको बलात्कारपछि हत्या गरीएको बिरोधमा युवाहरु एकजुट भएका हुन ।

  • १ फाल्गुन २०७७, शनिबार २१:४६ प्रकाशित
  • Nabintech