१४ बैशाख २०८१, शुक्रबार
चर्चित गायिका टिका पुन आज कोहलपुर आउँदै
  • काँचुली खबर

लोकदोहोरी गायिका टिका पुन आज काेहलपुर आउने भएकी छिन् । कोलहपुर नगरपालिकाको आर्थिक सहयोग तथा कोहलपुर क्रियटिभ गुप प्रालिको आयोजनामा कोहलपुर चौराहमा हुन गईरहेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुन कोहलपुर आउने भएकी हुन ।

पुनसँगै हाँस्य कलाकार प्रकास कँडेल (गुलेलि कान्छा) ले समेत सो कार्यक्रममा आफ्नो प्रस्तुति देखाउने आयोजक संस्था कोलहपुर क्रियटिभ ग्रुपले जनाएको छ ।
सडक दुर्घटना न्युनिकरणका लागि सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष प्रदिप वाग्ले जानकारी दिए ।

बेलुका ५ बजे काेहलपुर चाैराहमा हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साथमा स्थानीय सरकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने बताईएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र कोलहपुर क्रियटिभ ग्रुपको आयोनामा यस अघि सचेतना मुलक बिभिन्न कार्यक्रम सम्पन्न भईसकेका छन ।
सचेतना कार्यक्रम अन्तर्गत यस अघि स्कुले बिद्यार्थीहरुलाई दुर्घटना न्युनिकरणकालागि
जानकारी मुलक कार्यक्रम, सवारी साधनहरुमा सन्देश मुलक स्टीकर टाँस्नुका साथै कोलहपुर नगरपालिका अन्तर्गत हवल्दारपुर, मैटहवा, मनकामना चोक र चप्परगौडिमा सडक नाटक सम्पन्न गरिसकेको संस्थाका प्रवन्ध निर्देशक जय सिंह केसीले बताए ।

  • ७ असार २०७५, बिहीबार ०७:०४ प्रकाशित
  • Nabintech