२५ बैशाख २०८१, मंगलवार
ओलीले पाप पखाल्न पशुपतिमा बत्ती बाल्दै हिडे : माधव नेपाल
  • काँचुली खबर

नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिको नाम जप्दै हिँडेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड-नेपाल समूह) ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पशुपतिमा बत्ती बालेर हिँड्दैमा ओलीले गरेको पाप नपखालिने आरोप लगाएका हुन् ।

‘केपी ओलीले अहिले मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न शुरू भएको छ, पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ रु जो असल छ, जसले धर्म गर्छ । पाप गर्नेलाई पशुपतिले हेर्दैनन्, केपी ओली चेतना भया, संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनअधिकार कुल्चनेलाई हेर्दैनन्,’ नेपालले भने ।

नेता नेपालले ओली नेकपाको पहिलो अध्यक्ष नभएको जिकिर गरे ।

‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ । पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला । बालकोटको होला । नेकपाको पहिलो अध्यक्ष होइनन्,’ नेपालले भने ।

  • २८ माघ २०७७, बुधबार १६:२६ प्रकाशित
  • Nabintech