२५ बैशाख २०८१, मंगलवार
डीएसपी ढुंगेललाई साधारण तारेखमा छाड्न सर्वोच्चको आदेश
  • काँचुली खबर

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै सर्वोच्चले उच्च अदालतको फैसला उल्ट्याइदिएको हो ।

शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालत, काठमाण्डौंकै फैसलालाई सदर गरिदिएको हो ।

काठमाडौंको लोकेन्द्र शेरचन्दको घरमा भएको लुटपाटमा संलग्न देखिएपछि पक्राउ परेका विक्रम श्रेष्ठसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न तत्कालीन अपराध महाशाखाको टोलीले सिफारिस गरेको थियो ।

गृहले उनलाई निलम्बन गरे पनि ढुंगेलविरुद्ध बलियो प्रमाण भेटिएको थिएन ।

अपराध अनुसन्धानमा पोख्त मानिने ढुंगेलले अन्य अपराध अनुसन्धानको सिलसिलामा पहिल्यैदेखि श्रेष्ठलाई चिनेको बताउँदै घटनाबारे आफूलाई थाहा नभएको बताएका थिए । अनुसन्धान अधिकृतबीच रहेको टकरावका कारण उनलाई शिकार बनाइएको प्रहरी प्रधान कार्यालयभित्र चर्चा हुने गरेको थियो ।

  • २३ माघ २०७७, शुक्रबार १८:४९ प्रकाशित
  • Nabintech