२६ बैशाख २०८१, बुधबार
हेलमेटको विषयमा विवाद हुँदा प्रविणको हत्या
  • काँचुली खबर

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तहरुलाई सार्वजनिक गरीएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत घटनामा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १८ कारकांदोमा लागुऔषध प्रयोगकर्ताका बारे सूचना संकलन गर्न पुगेका मगरको हत्या भएको थियो । माघ २ गते तोरीबारीमा उनको शव फेला परेपछि सिआईबीको केन्द्रीय टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सिआईबीकै सहयोगमा प्रहरीले बिभिन्न स्थानबाट घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ का २४ वर्षिय दिनेश कुमार कुर्मि (बर्मा), सुर्खेत गुर्भाकोट नगरपालिका १४ का १८ निश्चल गुरूङ, जुनिचाँदे गाँउपालिका ७ जाजरकोटका २१ वर्षिय तेज बहादुर बि.एम., बिरेन्द्रनगर नगरपालिका १० का भुन्टु भनिने १६ वर्षिय युवा र नाम नखुलाईएका अन्य ३ जना समेत रहेको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो घटना

– नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुँदा मृतक सो क्षेत्रमा सुचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मिसँग गएको ।

– मिति २०७७।१०।०१ गते दिउसो बजार घुम्दै साँझ अन्दाजी ६ बजे तिर अभियुक्त ६ जना गाँजा खान भनि नेपालगन्ज १८ लग्दहवा स्थित आँप बगियामा गएको ।

– मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि समेत सोही बगियामा मोटरसाईकल रोकी अन्दाजी १०० मिटर टाढा नजिकैको बगियामा रहेको ।

– बगैचामा जम्मा भई गाँजा सेवन गरि सके पछी घर तिर जाने क्रममा अभियुक्तहरु ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मिको मोटरसाईकलमा रहेको हेलमेट राम्रो लागी फोटो खिची उठाई लिई गएको ।

– सो कुरा मृतकले देखे पछी मृतक र कर्कि भन्ने दिनेश कुमार कर्मी निजहरुको पिछा गर्दै हेलमेट फिर्ता देउ भाई भन्दै घटनास्थलसम्म पुगेको ।

– मृतक घटनास्थल पुग्नु अगावै कर्कि भन्ने दिनेश कुमार कुर्मि वाहेक अन्य ६ जना अभियक्तुहरुले सो नजिक रहेको तारवारमा रहेको दउराको चिरपट हातहातमा समाती मृतकलाई प्रहार गर्ने योजना बनाएको ।

– मृतक घटनास्थल पुग्ने वितिकै मृतक र अभियुक्त विच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरु (निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क., सुशान्त भण्डारी र सुवास थापा) ले मृतकलाई आफुहरुले हातमा लिएको चिरपट दाउराले मृतकको टाउको, निधारको भाग, खुट्टाको घुडा, नली, शरिरको भागमा सवै जनाले दाउराको चिरपटले पटक-पटक प्रहार गरि मृतक भुईमा ढलेपछि मृतकको शरिर चेकजाँच गरी साथमा रहेको Samsung मोबाईल भुन्टु भन्ने सुवास थापाले लिएको, सादा Keypad मोवाईल बांगे भन्ने सुमित वि.क. ले लिएको ।

– मृतकका साथी कर्कि भन्ने दिनेश कुमार कुर्मिले तत्काल मृतकलाई वचाउने तर्फ कुनै प्रतिकार नगरेको, घटना पश्चात भागेको र सो बारेमा मृतकका घरपरिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको ।

– मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मीको हेलमेट विवेक परियारले आफ्नो घर लिई गएको । पक्राउ पर्छु भनि भोलि पल्ट विहानै हेलमेट आगोमा जलाई नष्ट बनाएको ।

– अनुसन्धान खोजतलास गर्दै जाँदा अभियुक्तहरु मध्येको सुवास थापा लाई मिति २०७७।१०।१३ गते ने.गं. २ घरवारी टोलबाट मृतकको मोबाईल साथ नियन्त्रणमा लिईएको ।

– घटना पश्चात फरार रहेका बिबेक परियारलाई मिति २०७७।१०।१५ गते भक्तपुर चागुनारायण तथाली बाट नियन्त्रणमा लिईएको ।

– सुमित बि.क. र सुशान्त भन्डारीलाई सोही दिन मिति २०७७।१०।१५ गते नेपालगंज बसपार्क नजिक समावेसी स्कुल नजिकबाट नियन्त्रणमा लिईएको ।

– मिति २०७७।१०।१६ गते मृतकको सादा प्भथउबम मोवाईल बांगे भन्ने सुमित वि.क.को घर बाट बरामद भएको ।

– तेज मगर र निश्चल गुरूङ दाङ, सुर्खेत हुदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको स्थानमा मिति २०७७।१०।१७ गते कैलालीबाट पक्राउ गरिएको ।

– सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

  • २१ माघ २०७७, बुधबार १६:५३ प्रकाशित
  • Nabintech