७ जेष्ठ २०८१, सोमबार
सूचक हत्यामा संलग्न ६ जना पक्राउ
  • काँचुली खबर

राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनामा संलग्न रहेकको आरोपमा प्रहरीले नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारसहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । परियारलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनले दिएको बयानका आधारमा नेपालगन्ज वसपार्क क्षेत्रका ३ र कैलालीबाट २ जनालाई शनिबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवाहरु लागुऔषध प्रयोगकर्ता हुन ।

कारकांदोमा लागुऔषध प्रयोगकर्ताका बारे सूचना संकलन गर्न पुगेका मगरको हत्या भएको थियो । माघ २ गते तोरीबारीमा उनको शव फेला परेको थियो । हत्यापछि सिआईबी केन्द्रीय टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सिआईबीकै सहयोगमा प्रहरीले नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेको थियो । यसअघि बाँके प्रहरीले करिब १५ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पछि छाडेको थियो ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेसँगै पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गर्ने तयारी गरीरहेको बुझिएको छ ।

  • १८ माघ २०७७, आईतवार १४:३२ प्रकाशित
  • Nabintech