२७ बैशाख २०८१, बिहीबार
जरुरी परे संसद बैठक बस्न सक्छ : प्रचण्ड
  • काँचुली खबर

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे संसद बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् ।

‘संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन्,’ उनले भने, ‘जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।’

‘सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं,’ उनले अघि भने, ‘जरुरी परे विकल्प जनतासँग छ ।’

उनले संसद् नभई ओली ओलीको सरकार चाहिँ भंग भएको बताउँदै सर्वोच्चले सही फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

प्रचण्डले नेपालमा धेरै संविधान बनेपनि २०७२ सालमा बनेको संविधान विषेश भएको बताए ।

‘संविधान त २००४ सालदेखि नै बन्दै आएको हो । सबैमा राजा महाराजाको अधिनमा रहने उल्लेख थियो,’ उनले भने, ‘ नयाँ संविधान सार्वभौम जनताको प्रतिनिधिले बनाएका हुन् ।’

प्रतिक्रियावादी एजेन्टको बलमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गरेको उनले बताए । ‘ओलीले मात्रै संसद् भंग गरेनन्,’ प्रचण्डले भने, ‘ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरूको गोटी बन्नुभयो ।’

आफ्नै बलमा पार्टी एकता भएको बताउँदै उनले भने, ‘मेरै प्रस्तावमा पार्टी एकता भएको हो’, तर उहाँ बेइमान निस्किनुभयो, धूर्त निस्किनु भयो ।’

  • १६ माघ २०७७, शुक्रबार १८:०३ प्रकाशित
  • Nabintech