६ जेष्ठ २०८१, आईतवार
प्रतिगामी कदम बिरुद्ध मोटरसाईकल र्याली
  • काँचुली खबर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले बाँकेमा बृहत्त मोटरसाईकल र्याली निकालेको छ । नेकपा बाँकेको आयोजनामा बैजनाथ, राप्तीसोनारी, कोहलपुर, खजुरा र नेपालगन्जका बिभिन्न स्थानबाट हजारौं युवाहरु र्यालीमा सहभागी भएका छन ।

वर्तमान सरकारले चालेको प्रतिगामी कदमको बिरोध स्वरुप र्याली निकालिएको हो । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरुले प्रतिगमन बिरुद्ध नाराबाजी गरेका थिए । जिल्लाका बिभिन्न क्षेत्रबाट नाराबाजी सहित नेपालगन्ज पुगेको र्याली नगरको परिक्रपछि कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपा बाँकेका अध्यक्ष आईपी खरेल लगाएतले सम्बोधन गरेका थिए ।

  • ९ माघ २०७७, शुक्रबार १७:४४ प्रकाशित
  • Nabintech