६ जेष्ठ २०८१, आईतवार
प्रतिगमनका बिरुद्ध कालो बेलुन र मसाल जुलुस
  • काँचुली खबर

संसद विघटनको विरोधमा राष्ट्रिय युवा संघ नेपालले बाँकेको नेपालगन्जमा मसाल जुलुस निकालेको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार प्रचण्ड-माधव समूह निकट युवाहरुले बिहिबार बेलुका नेपालगन्जको वाटर पार्कबाट हुँदै धम्बोझी चोकसम्म मसाल जुलुस निकालेका हुन् ।

संसद विघटन असंवैधानिक कदम भएको भन्दै निकालिएको मसाल जुलुस धम्बोझी चोक पुगेर कोणसभामा परिणत भएको राष्ट्रिय युवा संघ बाँकेका सह-संयोजक आकाश कार्कीले जानकारी दिए ।

मसाल जुलुस पछिको कोणसभालाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँकेका फ्याक्सन इन्चार्ज रतन शाही, अनेरास्ववियूका केन्द्रिय सदस्य तुलसिमणी केसि र नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा क्षेत्र न. २ संघर्ष समितीका संयोजक अतहर हुसेन फारुकी लगायतले सम्बोधन गरेका थिए ।

त्यसअघि बिहिबार दिउँसो केपी ओली सरकारले गरेको प्रतिगमनको बिरोधमा नेपालगन्जमा कालो बेलुन उडाईएको थियो । युवा संघ तथा अनेरास्ववियूमा आवद्ध युवाहरुले संयुक्त रुपमा कालो बेलूनमा बाँधेर ब्यानर उडाएका थिए ।

यसैबिच आन्दोलनकै क्रममा भोली शुक्रबार बाँकेमा मोटरसाईकल र्याली निकालिने भएको छ । नेकपा बाँकेको आयोजनामा नेपालगन्ज, कोहलपुर, खजुरा लगाएतका स्थानबाट एकैसाथ मोटरसाईकल र्याली निकालिने भएको हो । संसद विघटनको विरोधमा निकालिने मोटरसाईकल र्यालीलाई नेपालगन्ज केन्द्रित गरीने बताईएको छ ।

  • ८ माघ २०७७, बिहीबार २१:३० प्रकाशित
  • Nabintech