६ जेष्ठ २०८१, आईतवार
शुक्रबार हत्या गरीएका थापाको घरमा पुगे नेकपा अध्यक्ष माधव नेपाल
  • काँचुली खबर

नेकपा (प्रचण्ड नेपाल समूह) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बाँकेमा छन । पार्टीका जिल्लास्तरीय बिभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल सहितको टिम शुक्रबार बेलुका बाँके आईपुगेको थियो ।

दाङको पार्टी प्रशिक्षणमा सहभागी भएर शनिबार बेलुका बाँके फर्किएका अध्यक्ष नेपालको टिमले केही दिन अघि निधन भएका पार्टीका केन्द्रीय सदस्य दिनेशचन्द्र यादव र शुक्रबार हत्या गरीएका राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका कर्मचारी प्रविन थापाको परिवारलाई भेट गरेको छ ।

आईतबार बिहान नेकपा अध्यक्ष नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता युवराज ज्ञवाली, वर्षमान पुन लगायतले हालै मृत्यु भएका दुबैको परिवारलाई भेटेर सान्त्वना दिएका हुन । नेकपा बाँकेका ईन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण ज्यान गएको थियो भने राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी थापाको अज्ञात समुहले हत्या गरेको थियो ।

  • ४ माघ २०७७, आईतवार १६:०८ प्रकाशित
  • Nabintech