६ जेष्ठ २०८१, आईतवार
बिरोध सभामा सहभागी हुन नेपालगन्ज पुगे रिजाल
  • काँचुली खबर

नेपाली काँग्रेसले शनिबार देशभर बिरोध प्रदर्शन गर्ने भएको हो । जसअन्र्गत बाँकेको नेपालगन्ज तथा ८ वटै स्थानीय तहमा आयोजना गरीने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।

प्रतिनिधी सभा विघटनको बिरोधमा बाकेमा हुने बिरोध सभालाई नेपाली काँग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेपालगन्जको रामलिला मैदानस्थित सरस्वती मन्दिर नजिक हुने बिरोध सभालाई नेपाली काँग्रेसका नेता एवं पुर्वमन्त्री डा। मिनेन्द्र रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार बिहान ११ बजेबाट सुरु हुने बिरोध सभामा सहभागी हुन रिजाल नेपालगन्ज आएका हुन । यस्तै डुडुवा गाउँपालिकाको बनकट्टीमा दिउँसो आयोजित बिरोध सभालाई पनि नेता रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिए । कार्यकमलाई सम्बोधन गर्न नेता रिजाल शुक्रबार बेलुकी नै नेपालगन्ज आएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा विघटन गरेपछि काँग्रेसले चरणबद्द रुपमा आन्दोलन गर्दै आएको छ ।

  • २ माघ २०७७, शुक्रबार २१:०७ प्रकाशित
  • Nabintech