१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर नगर शिक्षामा १२ करोड बढि लगानी
  • काँचुली खबर

कोहलपुर नगर शिक्षामा १२ करोड बढि लगानी आर्थिक वर्ष २०७४\०७५ मा कोहलपुर नगरपालिका अन्तर्गत रहेको नगरशिक्षा शाखाले केन्द्रबाट प्राप्त १२ करोड कोहलपुर नगरपािलकाबाट प्राप्त ३२ लाख बजेट कोहलपुर नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा खर्च भएको नगरशिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार सो रकम पाठ्यपुस्तक खरिद, शिक्षक, कर्मचारीको तलव, छात्रबृद्धि, पोषाक र विद्यालय मर्मत लगायतका शिर्षकहरुमा खर्च हुने गरेको छ ।

कोहलपुर नगरपालिका भित्र ११ माविमा ३० जना, ७ निमाविमा ३७ जना र १२ प्राविमा १ सय ६४ जना दरबन्दी शिक्षकको तलव भत्ता, पोशाक खर्च र ति सबै सामुदायिक विद्यालयको पाठ्यपुस्तकमा सो रकम खर्च गरेको रेग्मीले बताए । कोहलपुर नगर शिक्षाबाट मावि तहमा ३१ हजार ५ सय देखि ४१ हजार ५ सयसम्म, निमावि तहमा २३ हजार ५ सय देखि ३४ हजार २ सयसम्म र प्रावि तहमा २२ हजार १ सय ७० देखि ३१ हजार ५ सयसम्म तलव सुबिधा प्राप्त गर्ने शिक्षकहरु रहेको विद्यालय निरिक्षक दानबहादुर विष्टले बताए । नगर शिक्षा शाखाले ३२ लाख १६ हजार ८ सय छात्रबृद्धिमा र ४ लाख २१ हजार ६ सय दलित छात्रबृद्धिमा खर्च गरेको नगर शिक्षा शाखाका सुब्बा कुमार रावतले जानकारी दिए ।

११ मावि, ७ निमावि र १२ प्राविको बैठक परिक्षा संचालन, शिक्षकको अभिलेख, विद्यालय अनुमतीको स्विकृती, विभिन्न कोचिङ तथा ट्युसन सेन्टरहरुको नियमन, प्रतिभा पहिचान कार्यक्रम, भौतिक संरचना निर्माण, शिक्षक सरुवा, अनौपचारिक शिक्षा कार्यक्रम, सामुदायिक अध्ययन केन्द्र, पाठ्यपुस्तक निकासा जस्ता कार्यक्रमहरु नगरशिक्षाद्धारा संचालन हुने गरेको विनि विष्टले बताए । आव २०७४\०७५ मा संस्थागत विद्यालयहरुमा निःशुल्क अध्ययन गराउन कक्षा १ सम्म २५ जना विद्यार्थीको नाम सिफरिस गरेको नगर शिक्षा शाखा प्रमुख रेग्मीले जानकारी दिएका छन । आगामी आ.व. ०७५\०७६ बाट कोहलपुर नगरपालिका भित्र रहेका मावि, निमावि र प्रावि सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि अँग्रेजी र नेपाली दुबै माध्यमबाट अध्ययन-अध्यापन सुरु गराउने योजना बनाएको नगर शिक्षा प्रमुख रेग्मीले बताए ।

  • ६ असार २०७५, बुधबार ०८:४६ प्रकाशित
  • Nabintech