६ जेष्ठ २०८१, आईतवार
सरकारले सर्वसत्ताबाद लाद्न खोज्यो : पुर्व मन्त्री राई
  • काँचुली खबर

जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले ओली सरकारले सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु सर्वसत्तावादी र अधिनायकवादी कदम भएको उनले जिकिर गरे ।

जसपाले आज नेपालगञ्जमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै पूर्वमन्त्री राईले भने संबिधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर त्यसको झोक संबिधानसभालाई भंग गरेर रिस मेटाउने खेल कुनै पनि हातलमा स्विकार्य नहुने बताए । पूर्वमन्त्री राईले भने पछिल्लो राजनीतिक घटनाक्रमले राजावादीहरु सल्बलाउन थालेको प्रति अच्चमित नहुन आफना कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।

जसपाका अर्का नेता अक्वाल अहमद शाहले यो संबिधान मधेश र मधेशी जनताको हित विपरीत भएको बताए । उनले भने संबिधानले मधेशी जनताको अधिकारलाई कुन्ठित गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान भंग गरेर नेपाली जनताको अपमान र हत्या गरेको पनि आरोप लगाए ।

पार्टीका जिल्ला अध्यक्ष कमलरुद्धिन राईको सभापतित्वमा भएको कार्यक्रममा सरकार विरुद्ध कार्यक्रमस्थलमै नारावाजी गरीएको थियो ।

  • २७ पुष २०७७, सोमबार २०:२५ प्रकाशित
  • Nabintech