६ जेष्ठ २०८१, आईतवार
पुर्वजनमुक्ति सेनालाई प्रभाकरको आग्रह, ‘क्रान्तिकालागि तयार रहनुहोस’
  • काँचुली खबर

पुर्व गृहमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिगमनका विरुद्ध पुन: क्रान्तिकालागि तयार रहन पुर्व जनमुक्ति सेनाहरुलाई अपिल गरेका छन । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा लाद्न खोजिएको असंवैधानिक प्रतिगागी कदम बिरुद्ध एकजुट हुन आग्रह गरेका हुन ।

सोमबार बाँकेको कोहलपुरमा भेला भएका पुर्व जनमुक्ति सेनाहरुलाई सम्बोधन गर्दै प्रभाकरले जनयुद्धको जगमा स्थापित गणतन्त्रमाथी वर्तमान सरकारले धावा बोल्ने प्रयास गरेकाले राजनितिक अस्थितरता उत्पन्न भएको स्पष्ट पारे ।

जनयुद्ध सफल बनाउन जनमुक्ति सेनाहरुले खेलेको भुमिकाको स्मरण गर्दै प्रभाकरले वर्तमान राजनितिक अस्थिरतालाई चिर्न पुन: सबै संगठित हुनपर्ने अवस्था आएको बताए । ‘घाईते तथा अपाङ्ग जनमुक्ति सेनाहरुको सोचबमोजिम ब्यवस्थापन गर्न नसकेको कुरा साँचो हो’ कार्यक्रममा सहभागी पुर्वजनमुक्ति सेनाहरुको गुनासो सम्बोधन गर्दै उनले भने, ‘हामी अझैं क्रान्तिमै छौं, क्रान्तिको स्वरुप बदलिएको मात्र हो ।’

कार्यक्रममा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री तथा जनमुक्ति सेनाका पुर्व कमाण्डर महेन्द्र बहादुर शाहीले जनमुक्ती सेनाहरुको ब्यवस्थापनकालागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडी बढाएको जानकारी दिए । तत्कालकालागि कर्णाली प्रदेशभरी रहेका पुर्व जनमुक्ति सेनाहरुलाई राहतका कार्यक्रम संचालन गरीएको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक तथा आर्थिक ब्यवस्थापनतर्फ प्रदेश सरकारले दिर्घकालिन योजननाहरु तर्जुमा गरेको जानकारी दिए । पुर्वजनमुक्ति सेनालाई छिट्टै राष्ट्रिय परिचयपत्र समेत वितरण गरीने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी पुर्व जनमुक्ति सेनाहरुले गणतन्त्र र संघियताको रक्षार्थ जस्तोसुकै योगदान दिन तयार रहेको बताएका थिए । कार्यक्रममा सहभागी पुर्व जनमुक्ति सेनाहरुले गणतन्त्र र संघियताको रक्षार्थ जस्तोसुकै योगदान दिन तयार रहेको बताएका थिए । पूर्व पिएलए नेपाल बाँकेले कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजना गरेको भेलामा ५०० बढि पुर्व जनमुक्ति सेनाको उपस्थिती रहेको थियो ।

  • २७ पुष २०७७, सोमबार १९:०७ प्रकाशित
  • Nabintech