६ जेष्ठ २०८१, आईतवार
अथकको संविधान ब्याख्या, ‘संसद अझैं जिवित छ’
  • काँचुली खबर

नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले संसद अझैं जिवत रहेको बताएका छन । आईतबार कोहलपुरको न्युरोडमा संविधानको ब्याख्या गर्दै साँसद अथकले संसद अझैं जिवित रहेको बताएका हुन ।

सडक संविधान बाचन तथा ब्याख्या कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साँसद अथकले सर्बोच्च अदालतले संविधानमै टेकेर जनताको पक्षमा फैसला गर्ने विश्वास ब्यक्त गरे । अदालतले जनताको पक्षमा फैसला नगरे जनताले सडकबाटै जनबिरोधि तत्वहरुलाई तह लगाउने बताउँदै अथकले न्यायको पक्षमा एकजुट हुन सबैलाई आह्वान समेत गरेका छन ।

कार्यक्रममा अभिवक्ता जगत बुढाथोकीले संविधानमा संसद विघटन सम्बन्धमा गरिएको ब्यवस्थाको ब्याख्या गरेका थिए । सरकार परिवर्तनको विकल्प रहँदासम्म संसद विघठन गर्न नमिल्ने बताउँदै उनले संवैधानिक ब्यवस्थाको उपहास गर्दै संसद विघठन गरीएको स्पष्ट पारे ।

नेकपा कोहलपुर नगर कमिटिले तय गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत आईतबार सडकमै संविधान बाचन तथा ब्याख्या गरीएको हो । कार्यक्रममा नेकपा लुम्बिनी कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा नेता अब्दुल हुसेन खाँ लगाएतले संविधानको ब्याख्या गरेका थिए ।

  • २६ पुष २०७७, आईतवार १९:०५ प्रकाशित
  • Nabintech