६ जेष्ठ २०८१, आईतवार
प्रभाकरको उपस्थितीमा कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेला
  • काँचुली खबर

बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन ।

शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर र पुर्व कमाण्डर जिवन बुढाले सम्बोधन गर्ने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रतिगामी कदम बिरुद्ध रणनिति तय गर्नकालागि पूर्व जनमुक्ति सेनाहरुको भेला आयोजना गरीएको पूर्व पिएलए नेपाल बाँकेले जनाएको छ ।

दिनको २ बजेबाट सुरु हुने भेलामा सहभागी हुन पुर्व जनमुक्ति सेनामा आवद्ध सबैलाई आह्वान गरीएको छ ।

  • २६ पुष २०७७, आईतवार १७:३६ प्रकाशित
  • Nabintech