२५ बैशाख २०८१, मंगलवार
भोली कोहलपुर चौराहमा संविधान बाचन गरीने
  • काँचुली खबर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभा विघटन गरेको बिरोधमा नेकपा कोहलपुर नगर कमिटीले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

जसअन्तर्गत भोली आईतबार कोहलपुर चौराहमा संविधान बाचन गरीने भएको छ । नेकपा कोहलपुर नगर कमिटी सचिव तुलाराज विष्ट विहानीका अनुसार मध्यान्न १२ बजे कोहलपुर चौराहमा संविधान बाचन तथा ब्याख्या गरीने छ ।

त्यसैगरी पौष २८ गते कोहलपुर नगरपालिकाका १५ वटै वडामा कालो झण्डा गाड्ने तथा प्रतिगामी कदम बिरुद्ध ब्यानर राख्ने कार्यक्रम रहेको छ । बिरोध कार्यक्रम अन्तर्गत माघ २ गते कोहलपुर नगरपालिकाका सबै वडामा बिरोध प्रदर्शन गरीने बताईएको छ ।

माघ ५ गते कोहलपुर नगरपालिका अगाडी बिरोध प्रदर्शन गर्ने तथा माघ १० गते कोहलपुर नगर क्षेत्रभित्र मोटरसाईकल र्याली गर्ने कार्यक्रम तय भएको विहानीले जानकारी दिए । यसअघि पनि विरोधका बिभिन्न कार्यक्रम गर्दै आएको नगर कमिटीले आन्दोलनलाई प्रभावकारी बनाउन थप रणनिति तय गरेको हो ।

  • २५ पुष २०७७, शनिबार १६:४९ प्रकाशित
  • Nabintech