२५ बैशाख २०८१, मंगलवार
कुसुम दुर्घटनामा रोल्पाली युवाको मृत्यु
  • काँचुली खबर

बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ ६:४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार रोल्पाका एक जनाको ज्यान गएको हो ।

ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्करबाट रा ५ प ९६०० नम्बरको मोटरसाईकलमा सवार रोल्पा लिवाङका २६ वर्षिय राजेश सुनारको ज्यान गएको हो । नेपालगन्ज जाँदै गरेका सुनारलाई दाङ तर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको थियो । मोटरसाइकल पछाडि बसेका अर्का एकजना भने सकुशल रहेका छन ।

दुर्घटनामा गम्भीर घाईते भएका सुनारलाई उपचारकालागि अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने गाडी चालकलाई नियन्त्रण आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

  • २५ पुष २०७७, शनिबार १३:०१ प्रकाशित
  • Nabintech