४ जेष्ठ २०८१, शुक्रबार
प्रतिगमनका बिरुद्ध कोहलपुरमा सिठ्ठी जुलुश
  • काँचुली खबर

अनेरास्ववियूले कोहलपुरमा सिठ्ठी जुलुश निकालेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बुधबार बाँकेको कोहलपुरमा सिठ्ठी जुलुश निकालिएको हो ।

संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्ने भन्दै मंगलबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो । दोस्रो चरणका सङ्घर्षका कार्यक्रम अन्तर्गत आज उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिठ्ठी/लाठी जुलुस निकाल्ने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर र नेपालगन्जमा सिठ्ठी जुलुश निकालिएको अनेरास्ववियूले जनाएको छ ।

थप संघर्षका कार्यक्रम यसप्रकार रहेका छन ।:

– पौष २३ गते : देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।

– पौष २४ गते : सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

– पौष २५ गते : असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

– पौष २६ गते : बयलगाडा प्रदर्शन ।

– पौष २७ गते : प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।

– पौष २८ गते ; सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ)

– पौष २९ गते : सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन ।

(तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।)

  • २२ पुष २०७७, बुधबार १९:४८ प्रकाशित
  • Nabintech