४ जेष्ठ २०८१, शुक्रबार
पल शाहको रोजाईमा बाँकेको गाभर भ्याली
  • काँचुली खबर

नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार पल शाह आजभोली बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा छन । म्युजिक भिडियो छायाङ्कनकालागि शाहको रोजाईमा गाभर भ्याली होमस्टे परेको हो । पलसँगै मोडल गरिमा शर्माले एउटा थारु गीतको म्युजिक भिडियो छायांकन गरिरहेका छन ।

पल र गरिमाका अलवा चर्चित सिनेम्याटोग्राफर अर्जुन तिवारी लगायतको टिम सोमबार बाँकेको चिसापानी स्थित उक्त भ्यालीमा आइपुगेको थियो ।

शान्त अनि मनोरम दृश्यले भरिपुर्ण बाँकेको गाभर भ्याली पछिल्लो समय म्युजिक भिडियो छायांकनको लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु पनि उक्त भ्यालीमा घुम्न जाने गर्छन् ।

 
तस्बिर : कृष्ण चौधरी

  • २२ पुष २०७७, बुधबार ०८:४९ प्रकाशित
  • Nabintech