४ जेष्ठ २०८१, शुक्रबार
वागेश्वरी क्याम्पसमा कालो ब्यानर !
  • काँचुली खबर

अनेरास्ववियू वागेश्वरी क्याम्पस कमिटीले क्याम्पस परिसरमा कालो ब्यानर प्रदर्शन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार क्याम्पस परिसरमा कालो ब्यानर टाँगिएको हो ।

संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्ने भन्दै मंगलबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो । दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरु यस प्रकार रहेका छन ।:

– पौष २१ गतेदेखि : ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने

– पौष २१ गते : प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने ।

– पौष २२ गते : उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/ सिटि/लाठी जुलुस ।

– पौष २३ गते : देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।

– पौष २४ गते : सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

– पौष २५ गते : असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

– पौष २६ गते : बयलगाडा प्रदर्शन ।

– पौष २७ गते : प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।

– पौष २८ गते : सडक नाटक र सडक आर्ट  (स्ट्रिट वाल पेन्टिङ)

– पौष २९ गते : सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन ।

(तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।)

शैक्षिक सङ्घर्ष

– संघीय संसदवाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमि सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने । कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने ।

  • २१ पुष २०७७, मंगलवार १५:४१ प्रकाशित
  • Nabintech