११ बैशाख २०८१, मंगलवार
सडकमा उत्रियो कोहलपुर नगर विकास समिति
  • काँचुली खबर

नगरभित्र अब्यवस्थित रुपमा निर्माण गरि ब्यवसाय संचालन गर्दै आएका संरचनाहरु हटाईएको छ । मुख्य सडकदेखि दायाँ-बाँया दुबै किनारमा अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका फुटपाथ ब्यावसायीहरुलाई सोमबार हटाईएको नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
फुटपाथ कब्जागरि बसेका ब्यवसायीहरुलाई त्यहाँबाट हट्न बारम्बार आग्रह गरेपनि अटेर गर्दै आएकाले बाध्य भएर बल प्रयोग गरिएको खड्काले बताए ।
कोहलपुर वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापा, उद्योग वाणिज्य संघ कोहलपुरका बरिष्ट उपाध्यक्ष नमप्रसाद शर्मा सहित आफै सडकमा उत्रिएका नगर विकास समिति अध्यक्ष खड्काले पूर्व निर्धारित स्थानमा गएर ब्यवसाय संचालन गर्न ब्यापारीहरुलाई आग्रह गरेका थिए ।
प्रहरी प्रशासन सहित सडकमा उत्रिएको उक्त टोलीले कोहलपुरको न्यूरोड, अटो पार्किङ एरिया र चौराह क्षेत्रमा बिभिन्न ब्यवसाय संचालन गर्दै आएका फुटपाथ ब्यापारीहरुलाई हटाएको हो ।
यसअघि नगर विकास समिति कोहलपुरले ठेलामा फलफुल तथा तरकारी ब्यवसाय संचालन गर्दै आएका ब्यापारीहरुलाई टेलिकम कार्यालय पछाडीको पार्कमा ब्यवसाय संचालनकालागि अनुमती प्रदान गर्ने निर्णय गरेको थियो । यद्यपी ब्यवसायीहरु सडक किनारबाट हट्न नमानेपछि नगर विकास समितिले सरोकारवाला निकायको रोहवरमा सडक किनार खाली गराएको खड्काले बताए ।
सोमबार नै कोहलपुर चौराहदेखि पूर्वतर्फ लामो दुरीको बसपार्क निर्माणका लागि छुट्याईएको जग्गामा निर्माण गरिएका टहराहरु हटाईएको छ । हाल संचालनमा रहेको बसपार्क कालोपत्रे हुने भएपछि लामो दुरीको बसपार्कबाट यातायातका साधनहरु संचालन गर्नुपर्ने भएकाले टहराहरु हटाईएको स्रोतले जनाएको छ ।
नगर विकास समितिको जग्गामा अनुमती बेगर संरचना निर्माण गरि ब्यवसाय संचालन गर्दै आएका ब्यापारीहरुलाई हटाईएको नगर विकास समितिका अध्यक्ष खड्काले बताए ।

यसैबिच सडक किनारमा ब्यवसाय गर्दै आएका साना ब्यापारीहरुले भने आक्रोश ब्यक्त गरेका छन । “काम गरेर खान सकेत दिदैनन”, एक महिला ब्यापारीले भनीन “आर्थिक उपार्जनको अर्को स्रोत भए कसलाई पो सडक छेउमा बस्न रहर हुन्छ र ?”

  • ५ असार २०७५, मंगलवार ०९:१८ प्रकाशित
  • Nabintech