१२ बैशाख २०८१, बुधबार
वडामा बिज्ञ समूह गठन
  • काँचुली खबर

देश संघियतामा प्रबेश गरिसकेकोछ । देशमा तीन तहका सरकार छन् संघिय, प्रादेशिक र स्थानीय । नयाँ अभ्यास भएका कारण पहिलो बर्ष जताततै अन्यौलता छाईरहेको छ ।

यहि अन्यौलताका बिच कतिपय स्थानीय तहहरुमा राम्रा प्रयासहरु भईरहेका छन् । यस्तै राम्रा प्रयासहरु गर्नेमा कोहलपुर नगरपालिका वडानम्बर १० रहेको छ । जसले बिभिन्न प्रयासहरुका माध्यमबाट वडाको समग्र बिकास गर्न खोजिरहेको छ ।

स्थानीय सरकारलाई अगाडी बढाउन हरेक स्थानीय तहले बिज्ञ समूह गठन गर्ने गरेको छ । तर कतिपय नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाले समेत बिज्ञ समूह गठन गर्न नसकेको अवस्था छ ।

यो अवस्थामा वडानम्बर १० ले बिज्ञ समूह गठन गरि काम अगाडी बढाएको छ । वडा अध्यक्ष निम बहादुर चलाउने ९निरज० का अनुसार, ७ जनाको बिज्ञ समूह बनाईएकोछ । जसमा समाजसेवी खेमराज शाह, भु.पु. शिक्षक डिलाराम ढकाल, भुतपूर्ब सैनिक कृष्ण बहादुर थापा, अग्रज कृषक धर्मे बुढाथोकी, समाजसेवी गौरा भट्राई, नारायण थारु र शिक्षक तेज बहादुर के.सी. रहेका छन् ।

बिज्ञ समूहहरुको हरेक २ महिनाको १ पटक बैठक गरि बिभिन्न बिषयहरुमा छलफल गर्नुका साथै बिभिन्न राय, सल्लाह लिने गरिएको अध्यक्ष चलाउनेले बताए । बिज्ञ समूहको गठन पछि काममा सहज भएको उनको भनाई छ ।

यसैगरी कामको सहजताका लागि वडा कार्यालयले ३ वटा टोलमा टोल बिकास समिति गठन गरेकोछ । वडाका प्रमुख तीन टोल एकता नगर, राम नगर र चटारमा टोल बिकास समिति गठन गरिएकोछ । मकर बहादुर रोकायको अध्यक्षतामा एकता नगर टोल बिकास समिति, नन्दलाल पौडेलको अध्यक्षतामा राम नगर टोल बिकास समिति र बिष्णु पौडेलको अध्यक्षतामा चटार टोल बिकास समिति गठन गरिएको वडा कार्यालयले जनाएको छ ।

टोलका समस्याहरु पहिचान गर्नुका साथै काम सम्पदानमा सहजता ल्याउन टोल बिकास समिति गठन गरिएको वडा अध्यक्ष चलाउनेको भनाईछ । उनका अनुसार, वडा कार्यालयको पाश्र्वचित्र प्रकाशनका साथै गुरु योजना बनाउने तयारीमा वडा कार्यालय रहेकोछ । निर्बाचनमा प्रतिष्पर्धा गर्नुपर्ने परिपाटी भएता पनि काम गर्दा निर्बाचनका सबै कुरा भुलेर काम गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै जनताको काम गरिरहेको वडाध्यक्ष चलाउनेले बताए ।

  • ४ असार २०७५, सोमबार २१:०४ प्रकाशित
  • Nabintech