६ बैशाख २०८१, बिहीबार
यी हुन् बिश्वकपमा अाजका मुख्य खेलाडी, डेभ्यु गर्दै जाेन
  • काँचुली खबर

काठमाडाैँ । रसियामा जारी विश्वकप फुटबल अन्तरगत आज ३ खेल हुँदैछन् । स्वीडेन र दक्षिण कोरिया खेल्दा अर्को खेलमा बेल्जीयमबिरुद्ध पानामा र तेस्रो खेलमा ट्युनिसिया र इङल्याण्डबीच प्रतिस्पर्धा हुँनेछ । पहिलाे खेल नेपाली समयअनुसार बेलुका ६ः४५ बजे समूह एफको स्वीडेन र दक्षिण कोरीयाबिरुद्ध खेल हुँदैछ । याे खेलमा मूख्य खेलाडी हुन दक्षिण कोरियाका पार्क चु योङ्ग र स्वीडेनका जोन ग्वीडेट्टि यहाँ हामीले यी दुर्इ खेलाडीकाे खेल इतिहासबारे चर्चा गरेका छाैँ ।

हाल सम्म तीन मैत्रीपूर्ण खेलमा
स्वीडेन – १ 
बराबरी – २

सन १९३४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको यो युरोपिएन देशको फुटबल टोलीले सन् १९५८ मा फाईनलसम्मको यात्रा तय गरेको र सन् १९५० र १९९४ मा तेस्रो भएर सनसनी मच्चाएको थियाे । विश्वकपमा स्वीडेनको १२ औ सहभागिता हो । करीब एक करोड मात्र जनसंख्या भएको यो देशको फुटबल निक्कै नै स्तरीय रहेको छ ।

जोन ग्वीडेट्टी

विश्वकमा डेभ्यु गर्दै गरेका २६ बर्षीय यो खेलाडी निक्कै नै प्रतिभाशाली खेलाडी हुन् । स्वीडिस टिमको फरवार्डको रुपमा खेल्ने ग्वीडेट्टीको नाममा १ मात्र अन्तराष्ट्रिय गोल दर्ज छ । तर जुनियर स्वीडिस टिममा निक्कै नै चर्चा बटुलेका खेलाडि हुन् उनी । ११ नम्बरको जर्सिमा आजको खेलमा हामी सेन्टर फरवार्डको रुपमा उनलाई देख्न सक्छौ ।

दक्षिण कोरिया
एसियाली फुटबलमा निक्कै बलियो रहेको दक्षिण कोरीयाको फुटबल टोलिले पहिलो पटक सन् १९५४ मा विश्वकपमा सहभागिता जनाएको थियो । यो टिमको यो विश्वकप दशौ सहभागिता हो । सन २००२ को विश्वकपमा संयुक्त रुपमा जापानसँग आयोजक रहेको यस देशले उत्त विश्वकपमा चौथो भएर सनसनी मच्चाएको थियो ।

पार्क चु योङ्ग

दक्षिण कोरियाको टिमबाट सेन्टर फरवार्डको रुपमा खेल्ने १० नम्बर जर्सि धारी यी खेलाडी निक्कै नै अनुभवी खेलाडी हुन् । हालसम्म २४ अन्तराष्ट्रिय गोल गरेका उनी जुनियर टिममा पनि निक्कै राम्रो प्रस्तुती दिँदै राष्ट्रिय टिममा प्रबेश गरेका थिए ।

  • ४ असार २०७५, सोमबार १९:३२ प्रकाशित
  • Nabintech