१५ चैत्र २०८०, बिहीबार
अनुगमनका क्रममा बागेश्वरी आयल स्टोर्समा सिल
  • काँचुली खबर

जिल्ला प्रशासन कार्यालय बाँके, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जले आज नेपालगन्ज र खजुरामा भएका पेट्रोल पम्पहरुको संयूक्त अनुगमन गरेको छ । नेपालगन्ज जयसपुरमा रहेको जय बागेश्वरी आयल स्टोर्स, कुसुम आय स्टोर्स, मयांक आायल स्टोर्स, कल्यान आयल स्टोर्स खजुरा र एन.बि आयल स्टोर्स इन्द्रपुर मा अनुगमन गरेको हो । अनुगमनका क्रममा जय बागेश्वरी आयल स्टोर्समा सिल गरिएको छ । जय बागेश्वरी आयल स्टोर्समा १० लिटर पेट्रोलियम पदार्थमा ४० मिलिलिटर कम देखिएको थियो । साथै सो पेट्रोल पम्पबाट भारतीय सवारीहरुलाई १ सय लिटर भन्दा बढि पेट्रोलियम पदार्थ बिक्रि बितरण गरेको अनुगमनका क्रममा खुलेको थियो ।
अनुगमनका क्रममा अन्य पेट्रोल पम्पमा कुनै खालका अनियमितता भएको पाईएन । अनुगमनका संयोजक गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जका शम्भु कुमार झाले सिल भएको पेट्रोल पम्पलाई कानुनि कारबाहि गरिने बताउनु भएको छ ।

  • ४ असार २०७५, सोमबार १९:१५ प्रकाशित
  • Nabintech