४ बैशाख २०८१, मंगलवार
बाँकेकी बुद्धी खत्रीले हात पारिन ‘स्वर्णिम प्रतिभा पुरस्कार’
  • काँचुली खबर

हेफर इन्टरनेशनल नेपालले प्रदान गर्ने स्वर्णिम प्रतिभा पुरस्कार यो वर्ष बाँकेको राप्ती-सोनारी गाउँपालिका वडा नं. ९ की बुद्धी खत्रीले प्राप्त गरेकी छिन् ।
सोमवार ढकेरीमा आयोजित भव्य समारोहका बीच प्रदेश ५ कि भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खत्रीलाई पुरस्कारको चेक र सम्मानपत्र हस्तान्तरण गरेकी छिन् । विगतमा भारतमा मजदुरी गर्ने श्रीमान अहिले श्रीमतीसँगै बाख्रापालन ब्यवसायमा लागेका छन् ।
६ बर्षको अवधीमा खत्रीले कमजोर आर्थिक अवस्था सुधार गर्दै आर्थिक रुपमा प्रगति गर्न सकेको बताइन् । सन २०१२ मा हेफर इन्टरनेशनल नेपाल, महिला उपकार मञ्च र महादेवपुरी गाविसको साझेदारीमा साना किसान उद्यमी सुदृढिकरण परियोजना सुरु भएपछि खत्रीले सगरमाथा समूहमा आवद्ध भई ब्यावसायिक बाख्रापालनमा लागेकी हुन् ।
कार्यक्रममा मन्त्री पौडेल सहित प्रदेशसभा सदस्य कृष्ण केसी, मो. याकुब अन्सारी, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, हेफरका कार्यक्रम निर्देशक डा। तिर्थराज रेग्मी, नेकपाका नेता अशोक कोइराला लगायतले मन्तव्य ब्यक्त गरेका थिए । यसअघि बाँकेको बेतहनीका कौशिला खटिक, टिटिहिरियाका दिलकुमारी पौडेल र फत्तेपुरका बासमती बुढालाई स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

  • ४ असार २०७५, सोमबार १९:०० प्रकाशित
  • Nabintech