२६ बैशाख २०८१, बुधबार
व्यवसायी कुट्ने विद्यार्थीबिरुद्ध सार्वजनिक मुद्धा दर्ता
  • काँचुली खबर

कोहलपुरका एक सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गर्ने दुई जना बिरुद्ध आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा सार्वजनिक मुद्धा गर्ता गरिएको छ ।
कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल परियारलाई पसल हाता भित्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले शुक्रबार हातपात गरेको थियो । ब्यवसायी परियारलाई  मेडिकल कलेज कोहलपुरमा अध्यनरत विद्यार्थी पुष्कल शाह र एलिना शाहीले संयूक्त रुपमा कुटपिट गरेको भन्दै प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरिएको हो ।
कपडा सिलाएको विषयलाई लिएर पसलभित्र बिवाद सुरु गरेको र पसलमा रहेका परियारलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको पिडित परियारले बताए । त्यसैको बिरोधमा कोहलपुरमा आईतबार नेपाल कपडा तथा सिलाई ब्याबसायी बाँके, कोहलपुर कपडा ब्याबसायी संघ बाँके, कोहलपुर उद्योग बाणिज्य संघ, र अन्य ब्याबसायीहरुले संयूक्त रुपमा बिरोध ¥यालि निकालेका थिए । ब्याबसायीहरुले दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरले व्यवसायीहरुको पक्षमा नबोलि दोषिहरुको पक्षमा लागेको आरोप समेत लगाएका छन । कोहलपुर कपडा व्यवसायी सङका अध्यक्ष हेमराज अधिकारिले व्यवसायिहरुको ठूलो दवाव पछि मात्र आइतबार अबेर मुद्दा दर्ता गरेको समेत कोहलपुर उद्योग बताए ।बाणिज्य संघका कार्यबाहक अध्यक्ष नम प्रसाद शर्माले भने ‘दोषिलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय कसैको दबाबमा नपरी कारबाही गरोस’ । यस्तै बिरोध ¥यालीमा बोल्दै नेपाल सुन चादी ब्याबसायी संघ बाँकेका पुर्ब अध्यक्ष बालकृष्ण दियालीले अब सबै ब्यापारीहरु एक हुनु पर्ने र सबै ब्यापारीहरुले दोषिलाई कारबाही गर्नका लागी पनि एक जुट हुनु पर्ने बताएका थिए । बिरोध ¥याली कोहलपुर न्यूरोडमा समापन गरिएको थियो ।

दोषीलाई कडा कारबाही नगरिएर आफुहरु अरु कडा आन्दोलनमा उत्रन बाध्य हुने भन्दै आक्रमणमा संलग्न पुष्कल शाह र एलिना शाहीलाई तत्काल पक्राउ गरि कारबाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुले कुटपिट गर्ने एलिना शाहीलाई पक्राउ गरिएको र पुष्कल शाह काठमाण्डौमा रहेकालाई उनलाई पनि छिट्टै पक्राउ गरिने जानकारी गराएको छ । साथै दुबै जनालाई आइतबार सार्बजनिक मुद्दा समेत दर्ता गरिएको प्रहरीले जनाएको छ ।

  • ३ असार २०७५, आईतवार १९:२२ प्रकाशित
  • Nabintech