१२ बैशाख २०८१, बुधबार
प्रहरीका आचरणसंगै, नेपालगन्जका सडक ब्यबस्थापन गरिने– जिल्ला प्रहरी कार्यालय बाँके
  • काँचुली खबर

 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएर जाने बताएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख भएर आएको केहि समयमान रोकायले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई ब्यबस्थापन गर्न पहिलो प्रथामिकता रहेको बताएका छन । नेपालगन्जमा सवैभन्दा बढि जटिलता नै ट्राफिक व्यवस्थापन रहेको हुनाले अरु संघ संस्था, संगठनसंग सहकार्य गरेर ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उनले बताए । नेपालगन्जमा छाडा पशु चौपाया, फुटपाथ व्यवसायी, इ–रिक्सा मुख्य ट्राफिक व्यवस्थापनको चुनौतीको रुपमा रहेको हुनाले यसलाई तत्काल व्यस्थापनको बाटो खोजिरहेको ट्राफिक प्रमुख रोकायले उल्लेख गरे । 

नेपालगन्ज शहरमा ट्राफिक सुधार नहुनुको पहिलो समस्या पार्किङ, नगर बस र इ–रिक्सा रहेकोले नेपालगन्जमा पार्किङ, नगरबस र इ रिक्सालाई व्यवस्थापन गर्न नसकिए दुर्घटना अझ बढ्न सक्ने प्रमुख रोकायले जानकारी दिए । नेपालगन्जमा सडक दुर्घटनाको मुख्य कारकतत्व नै छाडा पशुचौपाया रहेको समेत उहाँले बताउनुभयो । रोड ट्राफिक दुर्घटनालाई कम गर्न विभिन्न स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालक, परिचालक, विद्यार्थी, यातायात व्यवसायी लगायतका सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरि रोड ट्राफिक दुर्घटनालाई न्युनिकरण गर्न जोड दिइएको उहाँले जानकारी गराए । यस्तै उनले ट्राफिक प्रहरी माथी लाग्ने गरेका बिभिन्न दोषारोपणहरुलाई समेत कम गर्न आफु प्रतिबद्ध हुने बताएका छन ।
बाँके जिल्लामा रहेका प्रहरीहरुले चेकिङ्गका नाममा अबैध असुली गर्ने गरेको गुनासो आएको हुदा त्यस तर्फ आफ्नो ध्यान केन्द्रित भएको समेत उनले जनाएका थिए ।

  • ३ असार २०७५, आईतवार १७:१२ प्रकाशित
  • Nabintech