सहरी विकास मन्त्री मो. ईस्तियाक राईले आफु मातहतको मन्त्रालय अन्तरगतका निर्माणसम्बन्धी काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत सुझाव र जिज्ञासाहरुको सम्बोधन गर्दै सहरी विकास मन्त्री राईले कमसल काम गर्ने, समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्ने तयारी भईरहेको जानकारी दिए । सहरी मन्त्री राईले भने, ‘जिम्मा लिएर सम्झौता अनुसार काम नगर्ने जोसुकै भएपनि छाडिँदैन । अबको १५ दिनभित्र त्यस्ता निर्माण व्यवसायीको सूची तयार पारेर कारवाही थाल्छौं ।’ मन्त्री राईले सबैभन्दा कम कबोलमा ठेक्का दिने नियमले पनि विकास निर्माणका काममा बाधा पुगेको महशुस भएको जनाउँदै त्यसका लागि नयाँ कानुनी बाटो खुल्ला गरेर समाधान खोजिने पनि बताए ।
अन्तरक्रियामा सहभागि सरकारी अधिकारीहरुलाई मन्त्री राईले कुनै पनि किसिमको पूर्वाग्रह नराखेर जनताको काममा समर्पित हुन पनि निर्देशन दिए । मन्त्री राईले भने, ‘राजनीतिक आस्था, भाषिक, क्षेत्रीयता, जाती, समुदायका आधारमा कुनै पनि सेवाग्राहीलाई दुःख दिएको थाहा भएमा त्यो क्षम्य हुँदैन । सबै नेपाली नागरिकलाई समान व्यवहारले सेवा प्रवाह गर्नुस् ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

नेपालगन्जलाई नमूना सहरकारुपमा विकास गर्ने उद्घोष गरेका मन्त्री राईले नेपालगन्जलाई मेगा सिटी बनाउन आफूले पहल गरिरहेको जानकारी पनि दिए । उनले भने, ‘सरकारले देशभर ७ वटा मेगा सिटी बनाउने लक्ष्य लिएको छ । साउनको पहिलो साता कुन–कुन सहरलाई मेगासिटी बनाउने भन्ने घोषणा हुने छ । ७ वटा मेगा सिटीमा नेपालगन्जलाई पनि समावेश गर्ने पहल भईरहेको छ ।’

त्यस्तै मन्त्री राईले राप्तीपारीका सबै बस्तीमा विद्युत सेवा पु¥याउने प्रक्रिया पनि तीब्र गतिमा अघि बढेको जनाउँदै वन लगायतका केही कानुनी अड्चन फुकाउने प्रयास भईरहेको जानकारी दिए । उनले भारतले सीमा क्षेत्रमा बनाएको सडकरुपी बाँधले बाँकेमा हुँदै आएको डुबानको समस्या समाधान गर्न नेपाल र भारतसरकारबीच नियमित छलफल भईरहेको र चाँडै निकास निस्कने पनि बताए । उनले यो बर्ष बाँके जिल्लामा विगतमा जस्तो डुबान हुन नदिन सरकार सचेत रहेको पनि दाबी गरे ।
३ असार २०७५, आईतवार १६:४८ प्रकाशित