चौतारी, सेन्टरको आठ बुँदे डल्ला होम-स्टे घोषणा पत्र जारी
  • काँचुली खबर

आठ बुँदें डल्ला होमस्टे घोषणा पत्र २०७५ जारी गर्दै शनिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बर्दिया शाखाको संयुक्त प्रारम्भिक भेला सकिएको छ । नेपालका दुई ठुलो कम्युनिष्ट पार्टीहरु माओवादी केन्द्र र एमालेको एकतालाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका गतिविधिहरु प्रति आलोचनात्मक र दवावमुलक भुमिका निर्वाह गर्ने, पार्टी एकिकरण भईसकेता पनि जनवर्गिय संगठनहरुको एकता भई नसकेको अवस्थामा सेन्टर र चौतारीले आयोजना गर्ने कार्यक्रमहरु संयुक्त रुपमा सञ्चालन गर्ने, कम्युनिष्ट नेतृत्वमा भएका उदाहरणीय विकास निर्माणका कार्य तथा निर्णायहरुलाई प्राथामिकताका साथ सञ्चार माध्यम मार्फत जनता माझ लैजाने, पेशागत दक्षता अभिवृद्धि गरि विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई श्रमजिवी पत्रकार ऐन अनुसारकै न्युनतम पारिश्रमिक उपलब्ध गराउन विशेष पहल गर्ने, सञ्चारकर्मीहरुको ब्यवासायिक र पेशागत हकहितको सुरक्षा गर्दै प्रेस स्वतन्त्रता स्थापित गर्नको लागी प्रतिबद्ध रहने, प्रगतिशिल तथा देशभक्त सञ्चारकर्मी सबैलाई संगठनमा आवद्धताका निम्ति आह्वान गर्ने, डल्ला होमस्टे सहित जिल्लाका अन्य पर्यटकिय क्षेत्रहरुको समग्र विकासका लागी प्राथामिकताका साथ सञ्चारमाध्यममा स्थान दिने लगायतका कुराहरु घोषणा पत्रमा समावेश छन ।

मधुवन नगरपालिका वडा नम्बर १ मा आयोजित संयुक्त प्रारम्भिक भेलाले केही अन्य महत्वपुर्ण निर्णायहरु पनि गरेको जनाएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष मेनका चौधरीको संयोजकत्वमा ७ सदस्य कार्य सञ्चालन तथा सम्पादन कार्यदल समेत गठन गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष डिल प्रकाश गौतम सह–संयोजक रहनुभएको छ भने टिकाराम चौधरी, सुदिप अधिकारी, दलबहादुर सुनार सहित २ जना सदस्य पछि आमान्त्रितका रुपमा थप्ने निर्णाय पनि भएको छ ।

प्रेस सेन्टर नेपाल बर्दियाका शाखाका अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा सम्पन्न संयुक्त प्रारम्भिक भेलामा नेपाल कम्यिुनिष्ट पार्टी ९नेकपा० बर्दियाका नेताहरु हरि ज्ञवाली, लक्ष्मी प्रसाद शर्मा ९आकाश०, युवा नेता हरिहर चौधरी, तेजेन्द्र प्रसाद सिग्देल, मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रशुराम चौधरी, गुलरिया नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रताप कुमार गौतम, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष बालकृष्ण वली, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सह-सचिव प्रभुराम चौधरी, प्रेस सेन्टर नेपालका पाँच नम्बर प्रदेश सदस्य भागीराम चौधरी लगायतका ब्यक्तित्वहरुको उपस्थिती थियो ।

भेलामा शुभकामना दिंर्दै अधिकांश अतिथिहरुले सकारात्मक रुपमा नयाँ कुराहरुको खोजि गदै बिकास पत्रकारीताको सुरुवात गर्न आग्रह गरेका थिए । ऐतिहासीक ठाउँको भेला ऐतिहासिक रहोस भन्र्दै उनीहरुले मिसन पत्रकारिताका निम्ति आफनो तर्फबाट सक्दो अभिभावकको भुमिका निर्वाह गर्ने बचन पनि दिएका थिए ।

यस्तो छ घोषणा पत्र

 

  • ३ असार २०७५, आईतवार १३:४३ प्रकाशित
  • Nabintech