१५ बैशाख २०८१, शनिबार
अझै केही दिन हुन सक्छ हिले वर्षा? बाहिर हिड्दा शरीर ढाक्ने गरी कपडा लगाउनुस्
  • काँचुली खबर

काठमाडौं, ३ असार–अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले नेपालसहित भारतमा पनि धमिलो वर्षा भएको छ । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको हो ।  भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा यसको प्रभाव देखिएको छैन । शुक्रबारराति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण एकछिन अचम्मित भएका थिए । यस्तोखालको वर्षा नेपालमा पहिलोपटक भएको बताइन्छ । जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका अनुसार अझै धुलो आउने क्रम जारी रहेकाले केही दिन यस्तो खालको वर्षा हुन सक्छ । कस्तो प्रकृतिको धुलोसहितको पानी परेको हो भन्ने विषयमा अहिले भन्न नसकिए पनि बाहिर हिड्दा शरीर ढाक्ने गरी कपडा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् । यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीका साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ ।

विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुन्छ । विज्ञहरुले पानीमा नभिज्न र काठमाडौंको धुलोबाट समेत सचेत रहन सुझाएका छन् ।

  • ३ असार २०७५, आईतवार ११:४५ प्रकाशित
  • Nabintech