१३ बैशाख २०८१, बिहीबार
कोहलपुर (नेकपा) को भेला सम्पन्न
  • काँचुली खबर

वडाका विकास निर्माणका काममा चालु आ.व. मा भएका प्रगती र समस्याहरुको बारेमा राय सल्लाह लिने तथा आगामी आ.व. का लागि वडामा संचालन हुने योजनाहरुको बारेमा छलफल भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं. ११ को कार्यदलले आयोजना गरेको सो भेलामा ११ का जनप्रतिनिधी, पूर्व एमाले र माओवादी केन्द्रबिच बनेको कार्यदलका सदस्यहरु, वडाको सबै टोलहरुबाट प्रतिनिधीत्व हुने गरि भेलामा सहभागी प्रतिनिधीहरु बिच बृहत छलफल गरि नयाँ परिस्थितिमा संगठन निर्माण र निर्वाचनको बेला जनताको बिचमा गरेको बाचा पुरा गर्ने खालका योजनाहरु ल्याउन सहभागीहरुले माग गरेका थिए ।
पूर्व दुई पार्टीका नगरस्तरका नेताहरुबिच बनेको कार्यदलले संयुक्त रुपमा नगरपालिकाका सबै वडाहरुमा भेलाहरु गर्दै पार्टि संगठन र बिकास निर्माणका योजना बारे सुझाव, सल्लाह लिने काम गरिरहेको कार्यदलका सदस्य खिलप्रसाद भुषालले जानकारी दिए ।

  • २ असार २०७५, शनिबार २१:२४ प्रकाशित
  • Nabintech