१६ चैत्र २०८०, शुक्रबार
त्रिभुवन र जनज्योती फाईनलमा प्रवेश
  • काँचुली खबर

कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन ।
शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८ विकेटले पराजित गर्दै जनज्योतीले फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङकालागि उत्रिएको साईनिङ स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो । जसका लागी जमुना रानाले २१, स्मृती धामीले १९, मोनिका रानाले १२, सुरक्षा परियार र बिपना वलीले ८÷८ रन जोडेका थिए । साईनिङ स्टारलाई रोक्ने क्रममा जनज्योतीका बलर निर्मला बस्नेतले २ विकेट लिएकी थिईन भने मोनिका आलेले १ विकेट लिएकी थिईन ।
१ सय १४ रनको लक्ष्य पछ्याएको जनज्योतीले मात्र २ विकेटको क्षतीमा लक्ष्य हासिल गरेको थियो । मात्र १३ दशमलव २ ओभरमा जित दर्ज गर्ने क्रममा जनज्योतीका खेलाडीहरु समिक्षा वि.के. ले २७, सुमिना चन्दले १४, जुनु बमले १२ र निर्मला बस्नेतले १० रनको योगदान गरेका थिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच १० रन जोड्दै २ विकेट लिन सफल जनज्योतीकी खेलाडी निर्मला बस्नेत घोषित भईन ।
यसैबिच दोस्रो सेमिफाईनल खेलमा सगरमाथा बिरुद्ध सहज जित निकाल्दै त्रिभुवन मा.वि. फाईनल चरणमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले पुरै १५ ओभर खेलीसक्दा जम्मा ६५ रन मात्र जोडेको थियो । निकै संघर्षका बावजुत सगरमाथा अतिरिक्त २६ रनसँगै ६५ रनमा समेटिएको थियो । त्रिभुवन. मा.वि. का बलरहरुले सगरमाथाको ब्याटिङलाईन धारासायी बनाएका थिए । त्रिभुवनका बलर सृजना पुनले २ विकेट लिएकी थिईन भने लक्ष्मी रानाभाट र रोशनी शाहाले समान १÷१ विकेट लिएका थिए ।
६६ रनको झिनो लक्ष्य पछ्याएको त्रिमावि ले ९ दशमलव १ ओभरमै लक्ष्य पुरा गरेको थियो । त्रिमाविकालागी अलिसा सुनारले २४ रन जोडेकी थिईन भने सृजना पुन मगरले २१ रनको योगदान गरेकी थिईन ।
उक्त खेलको प्लेयर अफ द म्याच त्रिभुवनकी सृजना पुन मगर घोषित भईन ।


जेठ २६ गतेबाट सुरु भएको प्रतियोगिताको फाईनल खेल भोली (आईतबार) दिनको २ः३० बजे संचालन हुने भएको छ । पहिलो पटक संचालित यस प्रतियोगिताबाट क्रिकेटका महिला खेलाडीहरु उत्पादनमा मद्धत पुग्ने विश्वास लिईएको छ । नगरभित्रका १२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले २१ हजार र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेताले १० हजार ५ सय र ट्रफी प्राप्त गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । साथै प्रतियोगिताको आईतबार हुने समापन समारोहमा उपस्थितीका लागि आयोजक कोहलपुर नगरपालिकाले सम्पुर्ण नगरवासी तथा पत्रकारहरुलाई आग्रह समेत गरेको छ ।

  • २ असार २०७५, शनिबार १६:१७ प्रकाशित
  • Nabintech