१५ चैत्र २०८०, बिहीबार
कोहलपुर मेडिकल कलेजका विद्यार्थीद्धारा सिलाई ब्याबसायीमाथी हमाला
  • काँचुली खबर

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल परियारलाई पसल हाता भित्र हातपात गरिएको हो ।
मेडिकल कलेज कोहलपुरमा अध्ययनरत बिद्यार्थीहरुले कपडा सिलाएको विषयलाई लिएर पसलभित्र बिवाद सुरु गरेको र पसलमा रहेका परियारलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको पिडित परियारले बताए ।
परियारका अनुसार केही दिन पहिले पसलमा एप्रोन सिलाउन दिएका मेडिकल कलेजका विद्यार्थीहरुले एप्रोन छोटो सिलाएको भन्दै विवाद सुरु गरेका थिए । कपडाको नाप अनुसार नै आफुले एप्रोन सिलाईदिएको जवाफ फर्काएका परियारलाई बढि बोल्छन, भन्दै विद्यार्थीहरुले हातपात गरेको प्रत्यक्षदर्शिले बताए ।
घटना लगत्तै नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ बाँकेले एक विज्ञप्ती सार्वजनिक गर्दै घटनाको भत्र्सना गरेको छ । शुक्रबार बेलुका बिज्ञप्ती सार्वजनिक गर्दै संघले संघका केन्द्रिय सदस्य समेत रहेका परियार माथी नियोजित रुपमा आक्रमण गरिनु निन्दनिय रहेको भन्दै दोषीमाथी कडा कारबाहीको माग गरेको छ ।
जातीय रुपमा आक्षेप लाग्नेगरी गरिएको दुब्र्यवहारका साथै पसलमा समेत तोडफोड गरीनु निन्दनिय रहेको संघका कार्यवाहक अध्यक्ष शालिकराम परियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी ब्यापारीहरुको छाता संगठन कोहलपुर उद्योग वाणिज्य संघले पनि घटनाको भत्र्सना गरेको छ । संघका कार्यबहाक अध्यक्ष नमप्रसाद शर्मा र महासचिव तेजप्रसाद अधिकारीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा ‘निर्दोस ब्यवसायीमाथी आक्रामक तवरले गरिएको साँघातिक हमलाको कोहलपुर ब्यापार संघ घोर भत्र्सना गर्दछ’ भनिएको छ ।
दोषीलाई कडा कारबाही नगरिएर आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने भन्दै आक्रमणमा संलग्नहरुलाई तत्काल पक्रउ गरि कारबाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ ।

  • १ असार २०७५, शुक्रबार २०:४५ प्रकाशित
  • Nabintech