१२ बैशाख २०८१, बुधबार
ठगीको नयाँ धन्दा
  • काँचुली खबर

नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र प्रहरीको भन्सार गुल्मको टोलीले बरामत गरेको हो ।
खुला बजारमा थोक मुल्य ६२ रुपैयाँ प्रति किलो पर्ने चामलको खरिद मुल्य ३१ रुपैयाँ प्रति किलो बनाई ‘अण्डर बिलिङ’ गरि भन्सार छली गरेको देखिएको नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले बताए ।
भारत बहराईचको श्रीरामेश्वर लाल फुट प्रालीको नामबाट खरिद गरेको बिल बनाई कोहलपुर नगरपालिका ५ स्थित शिव शिखर एग्रो प्रा.लि. ले आयात गरेको सो प्रा.लि. का प्रोपराईटर केदारनाथ शर्माले मगाएको कागजात हेर्दा देखिएको भन्सार प्रमुख आचार्यले बताए ।
शिव शिखर प्रा.लि. ले उत्पादन र प्रशोधन गरेको देखाउने गरि बिल तयार गरेर भन्सार ठगी गरि अबैध तरिकाले चामल भित्रिएको भन्सार कार्यालयको ठहर छ । भन्सार प्रमुख आचार्य भन्छन, ‘सिमापारी नेपाली ब्राण्डको प्याकेजिङ गरि भारतीय उत्पादन नेपाल भित्राईएको देखिएको बारे कानुनी रुपले प्रष्ट नभएको हुँदा कारबाही सम्बन्धि राय बिभागबाट मागिएको छ ।’
नेपालगन्जसम्म भारतीय सवारी साधनमा भित्रिएको चामल भन्सारका कुन जाँचकीको सहयोगमा नेपाली ट्रकमा लोड गरियो र कुन भन्सार एजेन्टले त्यसको फारम भर्ने लगाएत कानुनी प्रक्रिया पुरा ग¥यो, त्यसबारेमा भन्सार कार्यालयले केही बताउन चाहेन ।

  • १ असार २०७५, शुक्रबार २०:१९ प्रकाशित
  • Nabintech