उपमेयर क्रिकेट अन्तर्गत सेमिफाईनल चरणका खेलहरु हुँदै
  • काँचुली खबर

कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता समापन गर्ने गरी खेल तालिका सार्वजनिक गरिएको थयो । यद्यपी मौसममा आएको खराबीका कारण १ गते हुने भनिएको सेमिफाईनलका खेलहरु आज संचालन हुनेछन ।
नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगितामा ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन । आ-आप्mनो समुह बिजेता हुँदै जनज्योती, त्रिभुवन मा.वि., सगरमाथा मा.वि. र साईनिङ स्टारले सेमिफाईनल यात्रा तय गरेका हुन ।

आज बिहान ७ बजेदेखि सुरु हुने पहिलो सेमिफाईनल खेलमा जनज्योती र साईनिङ स्टार प्रतिस्प्रर्धा गर्छदैन भने सगरमाथा र त्रिभुवन मा.वि.ले पनि फाईनल चरण प्रवेशकालागि आज बेलुका प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असार ३ गते खेलाईने भएको छ ।

  • १ असार २०७५, शुक्रबार १८:०० प्रकाशित
  • Nabintech