१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर बसपार्क कालोपत्रे हुँदै
  • काँचुली खबर

निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सारिने भएको छ । कोहलपुर नगर विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले छोटो दुरीको कोहलपुर बसपार्कमा कालोपत्रे गर्न सहज गराउनका लागि सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सार्ने निर्णय गरिएको हो । साथै लामो दुरीको बसपार्कमा बसपार्कको जग्गा अधिग्रहण गरी बसेकाहरुलाई तत्काल हटाउने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले कोहलपुर नगर विकासको सिमानामा भएको अधिग्रहणको बोरमा परेको प्रतिवेदन उपर छलफल गरी अधिग्रहण गरी बनाइएका संरचनाहरु हटाउने, आगामी आ.व.२०७५\७६ बजेट तथा योजना निर्माणका लागि अवराज खड्का, कर्ण बहादुर थापा र गणेश विक्रम शाह सम्मेलित तीन सदस्यीय समितिलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

विद्युत प्राधिकरणलाई १० कठ्ठा

बैठकले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुर शाखालाई १० कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । सो जग्गा उपलब्ध गराउन शहरी विकास मन्त्रालयसँग अनुमति लिने निर्णय गरेको छ ।
यस्तै बैठकले कोहलपुर नगरभित्र सञ्चालनमा रहेका योजनाहरुको काम समयमै सम्पन्न नगर्ने वा पटक पटक फोन गर्दा सम्पर्कमा आएपनि ढिलासुस्ती वा लापरवाही गर्ने ठेकेदार वा देकेदार कम्पनी÷फर्मको नाम जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरेको छ ।
साथै कोहलपुर क्षेत्रमा सञ्चालित आयोजनाहरुको अनुुगमनका लागि वडा नं.११ का वडाध्यक्ष कर्ण बहादुर थापाको संयोजकत्वमा आयोजना अनुगमन समिति समेत गठन गरेको छ ।
उक्त बैठकले नगरभित्रका ३ मिटर बाटो, घर, घडेरी तथा जग्गाको नक्सा गर्दा कोहलपुर नगरपालिकाले अहिलेसम्म नगरेको हुँदा सो विषयमा सहरी विकास मन्त्रालयलाई जनकारी गराई नगरपालिकासँग समन्वय गर्ने र बाटो, घर, घडेरी तथा जग्गा नक्सा गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत कोहलपुर नगर विकास समितिले जनाएको छ ।

  • ३० जेष्ठ २०७५, बुधबार १६:५६ प्रकाशित
  • Nabintech