१६ चैत्र २०८०, शुक्रबार
खजुरा गाउँपालीकाद्धारा राजपत्र प्रकाशित
  • काँचुली खबर

खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रलाई समेटेर ऐन, कानुन बनाई आज राजपत्र भाग १ प्रकाशित गरेको छ ।
उक्त ऐन कानुन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागी प्रकाशित गरीएको हो ।
गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीले प्रमाणिकरण भएका ऐन, कानुन लागु हुने गरी राजपत्रमा प्रकाशित गरिएको बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कक्षपती र उपाध्यक्ष एकमाया बि.क.ले ‘खजुरा राजपत्र’ सार्वजनिक गरेका हुन ।
अध्यक्ष कक्षपतीले खजुरा गाउँपालिकाले पहिलो पटक निर्माण गरेको स्थानीय कानुन राजपत्रमा प्रकाशन गरेको भन्दै ६ वटा ऐन, कानुन, ३ वटा नियमावली र १३ वटा कार्यबिधि कार्यान्वयनमा ल्याइएको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘खजुरा राजपत्र’ सार्वजनिक गर्दै गाउँपालिक अध्यक्ष कक्षपतीले संबिधानले व्यवस्था गरेअनुसार गाउँपालिकाले आफ्नो कानुन निर्माण गरेको जानकारी दिए । निर्वाचन भएको ११ महिना पछी ‘खजुरा राजपत्र’ प्रकाशन गरिएको हो । दोश्रो खण्ड प्रकाशनको तयारी समेत भइरहेको गाउँपालिकाले जनाएको छ । ६ वटा ऐनहरुमा खजुरा गाउँपालीका को आर्थीक ऐन २०७४, बिनीयोजन, प्रशासकिय कार्य बिधी नियमित गर्ने ऐन, सहकारी ऐन, कृषि ब्यवसाय प्रवर्धन समन्धमा ब्याख्या गर्न बनेको ऐन, र न्यायिक समितीले उजुरीको कार्बाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका समन्धमा ब्यवस्था गर्नबनेका ऐनहरु प्रकाशन गरिएका छन् ।

  • ३० जेष्ठ २०७५, बुधबार १६:०३ प्रकाशित
  • Nabintech