७ बैशाख २०८१, शुक्रबार
त्रिभुवन मा.वि र जनज्योती मा.वि. सेमिफाईनलमा प्रवेश
  • काँचुली खबर

प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा.वि. र जनज्योती मा.वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो समुह बिजेता हुँदै त्रिभुवन र जनज्योती मा.वि. ले सेमिफाईनल चरणको यात्रा तय गरेका हुन ।
बुधबार कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सरस्वती मा.वि. लाई पराजित गर्दै त्रिभुवन मा.वि. समुह बिजेता बनेको हो । सरस्वती मा.वि. ले पहिले ब्याटिङ गर्दै ९३ रनको स्कोर खडा गरेको थियो । निर्धारित १५ ओभर पुरै खेलेको सरस्वतीले अतिरिक्त ३० रनको मद्धत्तमा सम्मानजनक स्कोर खडा ग¥यो ।
सरस्वतीकालागि कौशिका वि.क. ले २०, लक्ष्मी कुमालले १८ र निर्जला वलीले १३ रन जोडेपनि अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका खेलाडीहरुलाई सस्तैमा रोक्ने क्रममा त्रिभुवन मा.वि. का खेलाडीहरुले उत्कृष्ट बलिङ गरेका थिए ।

जनज्योती मा.वि. को टिम

९४ रनको लक्ष्य पछ्याएको त्रि. मा.वि. ले ५ दशमलव ५ ओभरमा मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । जसकालागि निलु सुनारले २५ रन जोडेकी थिईन भने टिम क्याप्टेन निर्जा शाहीले २३ र सृजना पुन मगरले १९ रन जोडेका थिए । त्रि.मा.वि. का खेलाडीहरु आक्रामक ब्याटिङ लाईनमा उत्रिएपछि ८ विकेटको सहज जित निकाल्न त्रि.मा.वि. लाई खासै समय खर्च गर्नु परेन । उक्त खेलमा त्रि.मा.वि. की खेलाडी निरुता शाही प्लेयर अफ द म्याच घोषित भईन ।
प्रतियोगिता अन्तर्गत अहिले रामजानकी मा.वि. र लक्ष्मी मा.वि. बिचको खेल जारी छ । उक्त खेलको बिजेता टिमले सेमिफाईनलमा आप्mनो स्थान सुरक्षित गर्ने आयोजकले जनाएको छ ।


प्लेयर अफ द म्याच निरुता शाही । 

  • ३० जेष्ठ २०७५, बुधबार १५:४८ प्रकाशित
  • Nabintech