१३ बैशाख २०८१, बिहीबार
ग्रिनपिस र जनज्योती बिजयी
  • काँचुली खबर

कोहलपुरमा जारि प्रथम मा।वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा।वि। बिजयी भएको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । ग्रिनपिसकालागि हिरा आर.सी. ले २९, लभ्ली विष्टले १७, सलिना के।सीले ११ र रचना रानाले १० रन जोडेका थिए भने ग्रिनपिसलाई ५६ रन अतिरिक्त प्राप्त भएको थियो ।
ग्रिनपिसका खेलाडीहरुको रोक्ने क्रममा कृष्ण माविका बलरहरु सन्जु शाहाले २, झरना वि.सी. र तारा शार्कीले समान १\१ विकेट लिएका थिए ।
१ सय ४४ रनको बिजयी लक्ष्य पछ्याएको कृष्ण माविका खेलाडीहरु सस्तैमा समेटिएका थिए । ग्रिनपिसका खेलाडीहरुको आक्रामक बलिङका अगाडी कृष्ण मा।वि। का खेलाडीहरु टिक्न सकेनन् । निर्धारित १५ ओभरमा अतिरिक्त २५ रनको बलमा ६५ रन मात्र जोडेको कृष्ण मा.वि.को ब्याटिङ लाईन कमजोर देखिएको थियो । कृष्ण मा।विका लागि सुशिला थारुले सर्वाधिक ३३ रन जोड्दा रिता मल्ल र सन्जु शाहीले समान ११\११ रन जोडेका थिए । यद्यपी अन्य अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।
कृष्ण मा।वि। लाई सस्तैमा समेट्ने क्रममा ग्रिनपिसका खेलाडी सलिना के.सी.ले ३ विकेट लिएकी थिईन । खेलको प्लेयर अफ द म्याच ११ रन जोड्दै ३ विकेट लिन सफल ग्रिनपिसकी छात्रा सलिना के.सी. घोषित भइन् ।
त्यसैगरी मंगलबार नै सम्पन्न दोस्रो खेलमा जनज्योती मा.वि. बिजयी भएको छ । तक्षशिला एकेडेमीबिरुद्ध मैदानमा उत्रिएको जनज्योतीले पहिलो पारी खेल्दै १ सय ३८ रनको स्कोर खडा गरेको थियो । जसका लागि समिक्षा वि.क. ले ४४ र जुना वि.क.ले ३८ रन जोडेका थिए । निर्मला बस्नेतले १८ रनको योगफल तयार पर्दा जनज्योतीले थप ३० अतिरिक्त रन प्राप्त गरेको थियो । जनज्योतीलाई रोक्ने क्रममा तक्षशिलाका खेलाडीहरुले ४ विकेट लिएका थिए ।
१ सय ३८ रनको ठुलो लक्ष्य पछ्याएको तक्षशिलाका खलाडीहरु मंगलबार भने जम्न सकेनन् । ठुलो स्कोर पछ्याउने क्रममा सुरुवाती खेलाडीहरु सस्तैमा समेटीएपछि तक्षशिलाको ब्याटिङलाईन धर्मराएको थियो । बिचमा आएका खेलाडीहरु बिपाशा कंडेल (१४), लक्ष्मी अधिकारी (१२) र मोनिका घर्ती मगर (१०) ले खेलमा केही सुधार ल्याएपनि अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । पुरा १५ ओभर खेलीसक्दा तक्षशिलाले ७ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सफल भयो ।
तक्षशिलालाई सस्तैमा रोक्ने क्रममा जनज्योतीका बलरहरु निर्मला बस्नेत, बालकुमारी सिंह र सुमन शाहीले समान १\१ विकेट लिएका थिए । तक्षशिलाको ब्याटिङलाईन धाराशायी बनाउँदै जनज्योतीले ४२ रनले जित निकाल्न सफल भएको थियो ।
उक्त खेलमा जनज्योतीकी खेलाडी निर्मला बस्नेत प्लेयर अफ द म्याच घोषित भईन ।
आगामी असार ३ गतेसम्म संचालन हुने प्रथम उप-मेयर छात्रा क्रिकेट प्रतियोगितामा भोली (बुधबार) त्रिभुवन मा.वि. र सरस्वती मावि बिच पहिलो खेल हुने छ भने दोस्रो खेलमा रामजानकी मा.वि. ले लक्ष्मी मा.वि.सँग प्रतिस्प्रर्धा गर्ने छ ।

प्लेयर अफ द म्याच निर्मला बस्नेत

  • २९ जेष्ठ २०७५, मंगलवार २१:४७ प्रकाशित
  • Nabintech