१२ बैशाख २०८१, बुधबार
ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ ।
तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन नेपालले समाज उन्मुक्तिका लागि निरन्तर काम गदै आएको बताउनु भयो । भबिष्यमा पनि निरन्तरता दिने संस्थापक अध्यक्ष सिद्दिकीले बताउनु भएको छ । गरिब र पछाडि परेका युवातीहरुलाई तालिम दिएर उनीहरुको भबिष्य उज्जवल हुने समेत उहाँदृ बताउनु भयो । प्लाष्टिक मुक्त गर्नका लागि व्यग र कुशन बनाउने तालिम महत्वपुर्ण रहेको समेत उहाँले बताउनुभयो । नेपागञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहम्मद आयुब सिद्धिकीले सिप सिकेर मात्रै हुदैन, सिपको सदुपयोग हुने ठाउँमा लगानी गर्न सकिनु ठुलो कुरा भएको बताउनुभयो । आफुले प्रदान गरेको तालिमबाट सिकेका सिप सदुपायोग गर्नका लागि वडा नम्बर ३ मा एउटा उद्योग स्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । तालिमका सहभागिहरु पनि सिकेको सिप सदुपयोग गर्ने बताएका थिए । तालिम फातिमा फाउन्डेसन नेपाल नेपालगञ्जको आयोजनामा सम्पन्न भएको हो । तालिममा २० जना मुस्लिम समुदायका युवातीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र सहित मंगलवार बिदाई गरिएको छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य पुष्पा भट्टराई, फातिमा फाउण्डेसनका उपध्यक्ष मैमुना सिद्धिकी, वडा नम्बर ३ का वडा सचिव सरस्वती चौधरी, र प्रशिक्षक सोफिया खान लगायतले शुभकाना मन्तव्य दिनु भएको थियो ।

  • २९ जेष्ठ २०७५, मंगलवार १८:०७ प्रकाशित
  • Nabintech